ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोहरबाट उत्पादित ग्यासपाइप लाइनबाट वितरण गर्न सुरु


एबीसी न्यूज
१० असार २०८०, आइतबार   ४ : ४४   बजे
काठमाडौं, १० असार । दाङको घोराही उपमहानगरपालिका–१६ करौँतीडाँडामा गल्ने फोहरबाट ग्यास र मल उत्पादन सुरु भएको छ । साथै उपमहानगरपालिले पाइप लाइनका माध्यमबाट ग्यास वितरण भने सुरु गरेको छ ।
करौँतीडाँडामा फोहरबाट ग्यास उत्पादन गरी पहिलो चरणमा प्रभावित क्षेत्रका ३५ घरपरिवारलाई निःशुल्करूपमा ग्यास वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ४० प्रतिशत र नेपाल ऊर्जा विकास कम्पनी प्रालिको ६० प्रतिशत लगानीमा ग्यास उत्पादन परियोजना तयार भएको नगर उपप्रमुख हुमा डिसीले बताउनुभयो । फोहर प्रभावित क्षेत्रका नागरिकलाई ग्यास चुलो वितरण र घरघरमा पाइपलाइन पु¥याउने काम भइरहेको डिसीले बताउनुभयो ।
उद्योगबाट उत्पादित ग्यास पाइप लाइनबाट वडा नं १० र १६ का एक हजार पाँच सय घरमा पु¥याइने परियोजनाको लक्ष्य रहेको उपप्रमुख डिसीले बताउनुभयो । पाइप लाइनबाट ग्यास प्रयोग गर्न पाउँदा स्थानीय खुसी भएका छन् ।
ग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालन भएमा दैनिक दुई हजार घनमिटर ग्यास उत्पादन र दैनिक तीन सय क्विन्टल फोहर चाहिने भएको छ । फोहरबाट ग्यास उत्पादन सुरु भएपछि उपमहानगरलाई फोहर व्यवस्थापनमा सजिलो भएको छ । विसं २०७५ मङ्सिर ५ गते सम्झौता भई सुरु भएको परियोजना निर्माणका लागि करिब रु २२ करोड लाग्ने अनुमान गरिएको छ । संरचना निर्माणका लागि उपमहानगरपालिकाले करिब तीन बिघा जग्गा उपलब्ध गराएको छ ।
उपमहानगरपालिकाले ग्यास वितरण गरेकामा वडा नं १६ निवासी शोभा चौधरीले खुसी व्यक्त गर्नुभयो । “ग्यास बाल्न पाउँदा धेरै खुसी लागेको छ, दाउराको प्रयोग गरेर खाना पकाउने गरेको थिए, उपमहानगरपालिकाले घरघरमा ग्यास वितरण गरेपछि ग्यासमा खाना पकाउने गरेको छु”, उहाँले भन्नुभयो ।
बायोग्यास उद्योगले पाइपका माध्यमबाट घरमै ग्यास दिन थालेपछि समय र इन्धनको बचत भएको छ । वैशाख अन्तिम सातादेखि उद्योगले बायोग्यास वितरण थालेपछि दैनिक भान्सामा काम गर्न सहज भएको चौधरी बताउनुहुन्छ ।
सोही ठाउँकी सिर्जना चौधरीले पनि दैनिक दाउराका भरमा खाना पकाउँदै आउनुभएको थियो । उहाँले सुरुमा त ग्याँस प्रयोग गर्न नजानेको बताउनुभयो । घरमै पानीको धारा खोलेजस्तै गरि ग्यास बाल्न पाउँदा उहाँमा खुसीको सीमा नै छैन । “दाउराकै भरमा घरमा खाना पकाउने गरेका थियौँ तर अहिले उद्योगले निःशुल्करूपमा ग्यास दिन थालेपछि सजिलो भएको छ”, उहाँले भन्नुभयो, “दाउरा खोज्नुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group