ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपतिको जलहरी छानबिन गर्न अख्तियारको टोलीबाट सबै ढोका बन्द गरेर जानाकारी संकलन


ABC NEWS
१० असार २०८०, आइतबार   ४ : ३९   बजे

काठमाडौं १० असार । सुनको जहलरी प्रकरणमा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ परिसरमा पसेको छ।

आइतबार अपरान्ह ४ बजे अख्तियारको टोली सुटुक्क पशुपतिनाथ परिसरमा छिरेको हो।

अख्तियार आउने भएपछि प्रहरीले पशुपति प्रवेश गर्ने गेटदेखि मुख्य प्रवेशद्वार बन्द गरेको थियो।

अहिले पशुपति क्षेत्रमा प्रहरी तैनाथ गरिएको छ। सर्वसाधारण कसैलाई पनि दर्शन गर्न नदिने गरी गर्भगृहका ढोका बन्द भइसकेका छन्।

जलहरी प्रकरण छानबिनका लागि यसअघि नै सरकारले अख्तियारलाई जिम्मा लगाएको बताएको थियो।

पशुपतिनाथस्थित शिवलिङ्गको गर्भगृहलाई पूरै ढाक्ने गरी सुनको जलहरी राख्दा भएको आम्दानी र खर्च विवरणबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि छानबिनको जिम्मा अख्तियारमा पुगेको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालमा १०७ केजी ९२४।७४ ग्राम सुन प्रयोग गरी बनाइएको भनिएको उक्त जलहरीलाई लिएर गत जेठमा संसद् विवाद भएको थियो।

त्यसबेला नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो प्रकरण अख्तियारले छानबिन गरेर टुंगोमा पुर्‍याउने बताउँदै संसद्मा विवाद गर्नु उचित नभएको उल्लेख गरेका थिए।
अख्तियारको टोली छानबिनका लागि पशुपतिनाथ मन्दिर परिसर पुग्दा परिसर नै खाली गरिएको थियो ।

दर्शन गर्न पुगेका सबैलाई निकालेर खाली गरिएपछि अख्तियारको टोली ले जानकारी संकलन गरेको हो । पशुपतिनाथका सबै चार ढोका बन्द गरिएको थियो ।

पशुपतिनाथस्थित शिवलिङ्गको गर्भगृहलाई पूर्ण रुपमा ढाक्ने गरी सुनको जलहरी राख्दा भएको आम्दानी र खर्च विवरणबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि संसदमा पनि प्रवेश गरेको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालमा १०७ केजी ९२४।७४ ग्राम सुन प्रयोग गरी बनाइएको भनिएको उक्त जलहरीलाई लिएर गत जेठमा संसद् विवाद हुँदा महालेखाले दुई वर्षअघि नै प्रश्न उठाएको थियो।

महालेखाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत ४२ र ४३ नम्बर बुँदामा जलहरी निर्माणका क्रममा बाँकी भएको १० केजी ९७६ ग्राम सुनको हिसाब नभेटिएको जनाएको थियो।

‘सुनको जलहरी निर्माण(पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि यो वर्ष नेपाल राष्ट्र बैङ्कबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२।७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४।७५ ग्राम सुन कायम भएको उल्लेख छ।’

महालेखका अनुसार निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको थियो।

यसलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा जलहरीमा राख्ने सुनमा भ्रष्टाचार भएको भनिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताएका थिए।

दाहालले पशुपतिनाथमा जलहरी राख्ने क्रममा भएको अनियमितताको अख्तियारले स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने बताएका थिए।

उनले पशुपति विकास कोषससँग सम्बन्धित उक्त विषयको छानबिनमा सरकारले सघाउने पनि बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group