ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस छियाछिया हुन थाल्यो, फेरि संविधानमाथि प्रहार हुन् थालेको छ : शशांक कोइराला


ABC NEWS
१० असार २०८०, आइतबार   ४ : ५९   बजे

काठमाडौँ १० असार । कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस छियाछिया हुन लागेको टिप्पणी गरेका छन् । कांग्रेसलाई कसरी पुनर्जीवन दिने भन्नेबारे सोच्नुपर्ने बेला आएको कोइरालाको भनाइ थियो ।

कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको काठमाडौं शाखाको नवौं अधिवेशन कार्यक्रममा आइतबार डा. कोइरालाले पार्टी जोगाउन सुभेच्छुक संस्थाहरूले भूमिका खेल्नुपर्ने बताए ।

‘नेपाली कांग्रेस छियाछिया हुन थालेको छ । अब यसलाई कसरी हामीले पुनर्जीवन दिने हो ? जाडोको याममा पात झरेको देख्नुभएको छ, पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई कि ऊ जाडो यामलाई छलेर जब बसन्त ऋतु आउँछ फेरि हरियो भएर जान्छ,’ उनले भने, ‘त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ । यो नेचुरल प्रक्रिया हो । आउँदो भविष्यमा कांग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ ।’

कांग्रेस अहिलेको अवस्थामा संवेदनशील भएर अगाडि बढ्नुपर्ने पनि कोइरालाको भनाइ थियो । संविधानमाथि प्रहार हुन लागेको दाबी गर्दै उनले सचेत हुन पनि आग्रह गरेका थिए । ‘अहिले संविधानमाथि प्रहार हुन् थालेको छ । हामीले ७० वर्ष लगाएर बनाएको संविधान यसै मास्ने कुरा गर्न मिल्दैन । यसकालागि कांग्रेसको भूमिका हुनुपर्छ । आउँदो भविष्यमा हामी कसरी जाने ? लेखेर मात्र हुँदैन । संविधान जोगाउनुपर्नेछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu