ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनलाइन जुवा वान एक्स बेट’मा भ्लगर राजकुमार थापा पक्राउ


ABC NEWS
१० असार २०८०, आइतबार   ६ : २४   बजे

काठमाडौं १० असार । वान एक्स बेट’मार्फत विभिन्न खेल तथा अन्य प्रतिस्पर्धामा बाजी लगाउने कामको प्रवर्द्धन गरेको आरोपमा चर्चित भ्लगर राजकुमार थापा पक्राउ परेका छन्।

नेपालका धेरै सस्क्राबइर र फलोअर रहेका भ्लगरमध्ये एक काभ्रेको तेमाल–८ घर भएका उनलाई ‘वान एक्स बेट’बाट अवैध पैसा लिएर अनलाइन जुवा प्रवर्द्धन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

काठमाडौंको बूढानीलकण्ठमा बस्दे आएका थापाले युट्युब च्यानल तथा अन्य मल्टिमिडिया सामाजिक सञ्जालबाट ‘वान एक्स बेट’ प्रचारमा सहयोग पुर्‍याउने काम गरेका थिए।

प्रहरीले उनीविरुद्ध यसअघि पक्राउ परेका युट्युबर र कलाकारहरुसँगै सट्टेबाजी गर्न वा गराउन नहुने कसुरमा अनुसन्धान थाल्न हिरासतमा राखेको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले थापालाई जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाइएको बताएका छन्।

यसअघि जेठ ३२ गते विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज ९जुवा० खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत भएको ठगी प्रकरणमा ८ जना पक्राउ परेका थिए।

त्यसबेला हास्यकलाकारहरू ‘बल्छी ध्रुवे’ उर्फ मरिचमान श्रेष्ठ, ‘म्याकुरी’ उर्फ पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, सरोज घिमिरे ९ढेडो बूढो०, भटभटे माइला भन्ने बेगम नेपाली तथा युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा ९जिडी० पक्राउ परेका थिए।

त्यसअघि प्रहरीले ‘वान एक्स बेट’मार्फत ६४ करोडको अवैध कारोबार गरेको फेला पारेको थियो। त्यसबेला मुख्य सञ्चालक दिनेश खड्कासहितलाई पक्राउ गरेर हिरासतमा लिएपछि कलाकार युट्युबर पनि यसमा तानिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group