काठमाडौं १० असार । काठमाडौं महानगरपालिकाले नक्सा पास भएको २ वर्षसम्म सपत्तिकर नलिने भएको छ।
बजेटमा समावेश आर्थिक विधेयक अनुसार २ वर्ष अवधीलाई निर्माण समय मानेर सम्पत्ति कर नलिने बताएको हो।
काठमाडौं महानगर भित्रको घर र उक्त घरको घडेरीको मूल्यांकन १ करोड भएमा १ हजार रुपैयाँ कर बुझाउन पर्ने छ। २ करोड रहेमा २ हजार ५ सय, ३ करोडको ४ हजार ५ सय, ४ करोडको ८ हजार ५ सय ५ करोडको १४ हजार ५ सय, ६ करोडको, २४ हजार ५ सय, ८ करोडको ८४ हजार ५ सय, १० करोडसम्मको १ लाख ७४ हजार ५ सय र १० करोड भन्दा माथिकोलाई ६ लाख रुपैयाँ कर तिर्नुपर्ने छ।
त्यस्तै गरि नयाँ आर्थिक वर्षदेखि सम्पतिकर, घर बहाल कर र व्यवसाय कर किस्तामा बुझाउने व्यवस्था गरेको छ। करदाताले अधिकतम ६ किस्तामा दामासाही रुपमा कर बुझाउन सकिने आर्थिक विधयेकमा बताएको छ। सम्पत्ति कर पुस मसान्त सम्ममा किस्तामा कर दाखिला गरे जरिवाना छुट हुने बताएको छ।
प्रतिक्रिया दिनुहोस्