ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नौखरी खत्री टोलका दश परिवार खोलाको दूषित पानी पिउन बाध्य


एबीसी न्यूज
११ असार २०८०, सोमबार   ८ : ५५   बजे

काठमाडौ असार ११ । शुक्लाफाँटा नगरपालिका–८ नौखरी खत्री टोलका दश परिवार डेढ दशकदेखि खोलाको दूषित पानी पिउँदै आएका छन् ।

बस्तीमा नल्का गाडन नसक्दा खत्रीटोलका बासिन्दा गौँडी खोलाको बर्सातको धमिलो पानी पिउन बाध्य भएका हुन् । खोला छेउ सानो खाल्डो खनेर टोलका बासिन्दाले खानेपानीको जोहो गर्दै आएका छन् । वर्षौं पहिले दातृ निकायले टोलमा गाडेको नल्काबाट पानी आउन छाडेपछि खोलाको पानी पिउँदै आएको स्थानीय भक्तबहादुर खत्रीले बताए ।

“टोलमा बसोबास गर्ने सबै परिवारको आर्थिक अवस्था नाजुक छ”, उहाँले भन्नुभयो, “मजदुरी गरेर चुलोमा आगो बल्ने गरेको छ, नल्का गाडने पैसा जुटाउन नसक्दा खोलाको पानी पिउनुपरेको छ”, “एक सय ५० फिटभन्दा तलसम्म नल्का गाड्नुपर्छ”, मोहन गौतमले भन्नुभयो, “त्यसका लागि रु एक लाखभन्दा बढी खर्च हुन्छ, नल्का गाड्ने आवश्यक रकमको जोहो मिलाउन सकेका छैनौँ ।”

विसं २०६५ देखि खानेपानीका लागि दातृदेखि सम्बन्धित सरकारी निकायसम्म गुहारे पनि खानेपानीको समस्या समाधान हुन नसकेको उनले बताए । नयाँ संविधान जारी भएपछि पहिलोपटक स्थानीय तहको निर्वाचन हुन लाग्दा जनप्रतिनिधिले खानेपानीको समस्या समाधान गर्नेमा टोलका बासिन्दा ढुक्क थिए ।

“नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षका उम्मेदवारले चुनाव जितेपछि समस्या समाधान गर्ने निकै आश्वासन दिएकै हुन्”, दलबहादुर खत्रीले भने, “वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुनेमा आशावादी थियौँ, चुनाव सकियो, खानेपानीका लागि हेण्डपम्प गाड्नका लागि प्रस्तावसहित वडा कार्यालयदेखि नगरपालिकासम्म पटक–पटक पुग्यौँ सुनुवाइ भएन ।”

दोस्रो पटक स्थानीय तहको चुनाव भएर जनप्रतिनिधि चुनिएर आए अझै पनि खानेपानीको समस्या पहिलाजस्तै रहेको उनले बताए। दुर्गम बस्तीको पिछडिएको विपन्न परिवारको बसोबास भएको टोल भएकाले कुनै पनि निकायले नहेर्ने गरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ । खोलाको धमिलो पानी भाँडोमा थेग्राएर स्थानिय बासिन्दाले पिउँदै आएका छन । दूषित खोलाका पानी पिउँदा स्थानीय बासिन्दा झाडापखाला, आउँलगायतको पानीजन्य रोगबाट पीडित हुँदै आएका छन् ।

वडाध्यक्ष बहादुरसिंह महरा वडाको थोरै रकमले ‘हेण्डपम्प’ गाड्न नसकिने भएकाले नगरपालिकालाई समस्या समाधानका लागि पटकपटक आग्रह गर्दा सुनुवाइ नगरिएको बताउँछन।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group