ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माछापुच्छ्रेमा पशुपालन व्यवसाय फस्टाउँदै


एबीसी न्यूज
११ असार २०८०, सोमबार   १ : १७   बजे

काठमाडौं, ११ असार । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका पशुपालनमा देशमै अग्रणी स्थानमा छ ।

पालिकाका नौ वडाबाट गरी दैनिक ११ हजार लिटर दूध बिक्रीका लागि पोखरा बजारमा ल्याउने गरिन्छ । पुशपालन व्यवसाय फस्टाउँदै गएपछि गाउँपालिकाले पशु आहाराका लागि गाउँमै दाना चोक्कर केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ । यसबाट कृषकलाई लाभ पुग्ने पालिकाले जनाएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट कार्यक्रममा गाउँपालिकाको उपयुक्त स्थानमा दुग्ध प्रशोधन केन्द्र स्थापना तथा दाना चोक्कर उत्पादन केन्द्र स्थापनाको लागि रु ९० लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले पालिकामा व्यावसायिक पशुपालन राम्रो हुँदै गएपछि दाना चोक्कर उत्पादन केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो पालिका दूध उत्पादनमा देशमै नमूना रहेको छ । दूध बिक्रीबाट कृषकले राम्रो आयआर्जन गर्नुभएको छ । दुग्ध प्रशोधन केन्द्र र दाना उत्पादनका लागि बजेटमै व्यवस्था गरेका छौँ ।” माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि कूल रु ६१ करोड ६८ लाख ७० हजार बराबरको बजेट ल्याएको छ ।

बजेटका स्रोतमा सङ्घीय सरकार वित्तिय समानीकरण अनुदान रु नौ करोड ४७ लाख, सङ्घीय सरकार सर्शत अनुदान रु २६ करोड ५२ लाख, सङ्घ समपूरक अनुदानतर्फ रु एक करोड ६५ लाख, सङ्घ विशेष अनुदान रु एक करोड ३० लाख, सङ्घीय सरकार राजस्व बाँडफाँट रु १० करोड ३८ लाख ५७ हजार अनुमान गरिएको उपाध्यक्ष अधिकारीले बताउनुभयो ।

यसैगरी प्रदेश सरकार वित्तीय समानीकरण अनुदान रु एक करोड २० लाख, प्रदेश सरकार राजश्व बाँडफाँट रु ७४ लाख, ४३ हजार, प्रदेश सरकार विशेष अनुदान रु ३० लाख र प्रदेश सरकार समपूरक अनुदान रु ७० लाख अनुमान गरिएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको आन्तरिक राजस्व अनुमान रु छ करोड २८ लाख, चालु वर्षको बैंक मौज्दात रकम रु तीन करोड, घर जग्गा रजिष्ट्रेशन शुल्क रु ८० लाख, जनसहभागिता रु १० लाख अनुमान रहेको छ । बजेटमा पूर्वाधार विकासमा रु १० करोड ६४ लाख, सामाजिक विकासतर्फ रु चार करोड २१ लाख, आर्थिक विकासमा रु दुई करोड ४६ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ६१ लाख, संस्थागत विकास सेवा प्रवाह तथा सुशासनमा रु दुई करोड ४५ लाख र कार्यालय सञ्चालन तथा व्यवस्थापन मा रु १० करोड एक लाख छुट्टाइएको छ ।

माछापुच्छ्रे ले ‘उत्पादनशिल रोजगारी, मर्यादित जीवन, समावेशी र सुशासनयुक्त गाउँपालिका’ को लक्ष्य अघि सारेको छ । उत्पादन, रोजगारी र आयआर्जनका अबसर प्रवर्द्धन बजेटको मुख्य उद्देश्य छन् । माछापुच्छ्रे लाई सांस्कृतिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकास, गुणस्तरिय स्वास्थ्य, शिक्षा र सभ्य समाजको आधार तयार, बसोबास, भौतिक सुविधा तथा अन्तर आबद्धता सहज, व्यवस्थित र उत्थानशील बनाउनु बजेटका उद्देश्य छन् ।

यसैगरी वन, जलाधार एवं जैविक विविधताको संरक्षण, गुणस्तर तथा दिगो प्रयोगमा अभिवृद्धि गर्नु र विकास पूर्वाधारलाई विपद् प्रतिरोधी तथा सामाजिक एवं संस्थागत जीवनलाई उत्थानशिल बनाउनु बजेटका मुख्य उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ ।

आगामी वर्ष भूमि बैंक स्थापना तथा सञ्चालन, कृषि सहकारीलाई अनिवार्य बाँझो जमिनमा खेती गर्न लगाउने, पाइलोटिङ प्रोजेक्टअन्तर्गत सामान दुवानी मोनोरेल सञ्चालन, औद्योगिक ग्राम स्थापना तथा सञ्चालनलगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको उपाध्यक्ष अधिकारीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu