ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली बिल बनाएर राजस्व छली गर्ने ४२ कर्मचारी अनुसन्धानमा तानिए


एबीसी न्यूज
११ असार २०८०, सोमबार   १ : १४   बजे

काठमाडौ असार ११ । भन्सारका कर्मचारीकै संलग्नतामा नक्कली बिल बनाएर भन्सार छली गर्ने गरिएको खुलेको छ । यस्तो कार्यमा संलग्न भएको आरोपमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका ४२ जना कर्मचारीमाथि अनुसन्धान थालेको छ ।

विदेशबाट नेपाल आयात भएका वस्तुको भन्सार जाँचपास गर्दा नक्कली बिल पेश हुँदा त्यसैका आधारमा ती कर्मचारीहरुले भन्सार जाँचपास गरिदिएको रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको विभागले जनाएको छ । ‘राजस्व छली गर्ने उद्देश्यका साथ व्यापारीले खडा गरेको नक्कली बीलकै आधारमा ती कर्मचारीहरुले आयातित वस्तुको भन्सार जाँच पास गरेको देखिएको छ,’ राजस्व अनुसन्धान विभागले जनाएको छ ।

 

भन्सार छलीका लागि व्यापारीको मिलोमतोलाई सहयोग पुर्याउने गरी करोडौं राजस्व छलिएको आशंकामा अनुसन्धान भइरहेको विभाग स्रोतले जानकारी दियो । ‘उक्त छलीमा राज्यमा करोडौंमा राजस्व गुमेको देखिएको छ । विस्तृत अनुसन्धानपछि मात्रै थप विषय खुल्छ,’ स्रोतले भन्यो । यो विषय अनुसन्धानकै क्रममा रहेको भन्दै संलग्न कर्मचारीको नाम र छलिएको राजस्व रकम खुलाउन भने विभागले अस्वीकार गरेको छ । नक्कली बिल खडा गर्ने आयातकर्ताको बदमासीलाई सहयोग गर्नेमा नासुदेखि अधिकृत तहसम्मका कर्मचारी संलग्न रहेको देखिएको विभागले जनाएको छ ।

विभागका अनुसार ५२ वटा प्रज्ञापन पत्रमार्फत फरक फरक आयात भएका वस्तुमा नक्कली बिल प्रयोग भएको थियो । विमान कम्पनीले वस्तु आयातमा जारी गर्ने बिललाई च्यातेर भन्सार छली गर्न फोटोकपी गरेर नक्कली बिल बनाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

यस्तो गर्दा वस्तुको भन्सार मूल्यांकनकै बेला कम मूल्यांकन भई राजस्व गुमेको हो ।

यस कार्यमा संलग्नहरुको सूची तयार गरेर गत हप्ता राजस्व अनुसन्धान विभागले बयानका लागि समन्वय गरिदिन भन्सार विभागलाई पत्राचार समेत गरिसकेको छ । राजस्व अनुसन्धान विभागका अनुसार यो प्रकण संगठित रुपमा भएको हो वा व्यक्तिगत भन्ने दृष्टिकोणबाट पनि अध्ययन भइरहको छ ।

भन्सार विभागले भने राजस्व अनुसन्धान विभागको अनुसन्धान प्रक्रियाबारे औपचारिक जानकारी नभएको जनाएको छ । ‘अनौपचारिक रुपमा मातहतका कार्यालयका कर्मचारीहरु अनुसन्धानमा परेको भन्ने सुनिएको छ । केही कर्मचारीहरु बयानमा गएको भन्ने पनि सुनिएको छ,’ एक अधिकारीले भने, ‘तर, कति संख्या र विषयको गहिराई हामीलाई थाहा हुन्न ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu