ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यो गठबन्धन ५ वर्ष केही हुनेवाला छैन : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
११ असार २०८०, सोमबार   २ : ४३   बजे

काठमाडौं, ११ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्तारुढ गठबन्धन पाँच वर्षसम्म निरन्तर रहने बताएका छन् ।

सोमबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका नेताहरु र प्रतिपक्षी दलसँग पनि भएको कुराकानीका आधारमा आफू गठबन्धन ५ वर्षसम्म टिक्के कुरामा विश्वस्त रहेको बताएका हुन् ।

‘अहिले कता कता यो सरकारको आयु कति भन्ने पनि, मिडियामा हुने नहुने तपाईहरुले हेर्नुभएको होला, सुन्नुभएको होला’, प्रधानमन्त्री प्रचण्डले भने, ‘लगातार गठबन्धनमा भएको बैठक र प्रतिपक्षसँग पनि भएको बैठकका आधारमा पनि म के भन्न सक्छु भने पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण ऐतिहासिक नै भएको दाबी गरे । ‘१० वर्षमा १० हजार मेगावाट विजुली किन्ने सहमति, भारत बंगलादेश र नेपालबीच विद्युत व्यापार गर्ने सहमति, सीमा समस्या समाधान गर्ने नरेन्द्र मोदीजीको कमिटमेन्ट र अन्य थुप्रै विकास परियोजनाहरु महत्वपूर्ण भएका छन्, मलाई गर्व छ’, उनले भने ।

नेपालमा धेरै राम्रो भएको नरुचाउने र नकारात्मक मानसिकता रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले आफूले मानिसहरुले के भन्छन् भन्ने विषयमा ध्यान दिनै छाडेको बताए । ‘आफ्नो ठाउँबाट राम्रो गर्दै जाने, जनताले एक दिन त फैसला गर्ने नै छन् । राम्रो काम गर्नेको जनमत बन्ने नै छ भनेर म अगाडि बढेको छु’, उनले भने । जनतालाई सेवा सुविधा दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, विकास निर्माणलाई गति दिने र अर्थतन्त्रमा देखिएको दबाब कम गर्ने कुरामा आफ्नो ध्यान रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकिँदै, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा गएका मकवानपुरका ४० जना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu