ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय संसद्‌मा राखिएको नक्सा राजनीतिक विषय होइन भन्ने जवाफ आयो – परराष्ट्रमन्त्री साउद


एबीसी न्यूज
११ असार २०८०, सोमबार   ५ : ५१   बजे

काठमाडौँ, ११ असार ।  परराष्ट्रमन्त्री एनपी साउदले लुम्बिनी, कपिलवस्तु र जनकपुरलाई समेटेर भारतको नवनिर्मित संसद्‌मा राखिएको भित्तेचित्र र विभूतिको तस्बिरबारे सरकारको ध्यानाकर्षण भएको बताएका छन्।

सोमबार विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायका लागि विनियोजन गरिएको बजेट तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताए। उनले यस विषयमा भारतसँग पनि कुरा भएको र त्यो राजनीतिक विषय नभएको जवाफ आएको बताए।

भारतीय संसद्‌मा राखिएको भित्तेचित्र र विभूतिबारे सरकारको ध्यानाकर्षण भएको छ, त्यसमा सम्राट अशोकको समयमा उनको राज्यको फैलावट जनाइएको र त्यो राजनीततिक विषय नरहेको आधिकारिक धारणा भारतीय विदेशमन्त्रीबाट आइसकेको छ, उनले भने।

उनले यस विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँदिल्ली स्थित नेपाली राजदूतावासमा निर्देशन दिइएको पनि बताए। नेपालको एक इन्च जमिन अततिक्रमण हुन नदिन आफूहरू प्रतिवद्ध रहेको उनको भनाइ थियो।

यसैगरी उनले सन् १९५० को सन्धी, सीमासम्बन्धी विषयलगायत दुई पक्षीय सम्बन्धको समग्र अध्ययनका लागि सन् २०१६ मा गठन भएको नेपाल भारत प्रबुद्ध समूहले बनाएको प्रतिवेदन भारतले बुझ्ने प्रतिवद्धता पनि गरेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा कूटनीतिक रूपमा सीमा समस्या समाधान गर्न छलफल भएको उनको भनाइ थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu