ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महत्त्वहीन खेलमा प्रतिष्ठाको लडाइँ


एबीसी न्यूज
१२ असार २०८०, मंगलबार   ९ : ३०   बजे

असार १२

बेंगलुरु
सन् २०११ तिर नेपाली टिम सम्हाल्न उनी यता आएका थिए । त्यसको ठीक अगाडि उनी पाकिस्तानमै थिए । प्रशिक्षकका रूपमा केही समय बिताए । लाहोरमा छँदा उनलाई आधुनिक बन्दुकधारीले दिनरात सुरक्षा दिनुपर्थ्यो । फुटबल शून्यको स्थितिमा थियो । यो पुरानो प्रसंग किनभने अहिले बेंगलुरुमा चलिरहेको साफ च्याम्पियनसिपमा सबैभन्दा कमजोर प्रदर्शन गरेको टिम छ पाकिस्तान ।

जति–जति बेला ग्राहम रोबर्टस पहिलोपल्ट काठमाडौं झरेका थिए, त्यतिबेला उनी भन्थे, ‘पाकिस्तानी फुटबलको स्तर नै छैन, नेपालको फुटबल त कति माथि हो कति

अहिले पनि पाकिस्तानी फुटबल गतिविधि शून्यजस्तै छ । फिफाबाट प्रतिबन्ध खुलेको पनि धेरे भएको छैन । अनि यही पाकिस्तानको सामना गर्दै नेपालले मंगलबार प्रतियोगिताबाट बिदा लिँदै छ । कम्तीमा कागजमा दुवै टिमको स्थिति समान छ । दुवै आफ्नो सुरुआती खेलमा पराजित रहे । त्यसको अर्थ दुवै शून्य अंकमा छन् । यो समूहबाट अन्तिम दिनको खेलअगाडि नै डिफेन्डिङ च्याम्पियन भारत र कुवेत सेमिफाइनल पुगिसकेका छन् । कान्तिरभा रंगशालामा समूह ‘ए’ को अन्तिम खेलमा यिनै भारत र आमन्त्रित कुवेत खेल्दै छन् । यो आफैंमा प्रतिष्ठाको खेल हुनेछ ।

यो खेलले समूह विजेता पनि निर्धारण गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल पनि प्रतिष्ठाकै लडाइँ हो । भलै, यसको धेरै महत्त्व छैन । तर यो यही खेल हो, जसले समूहको पुछारमा पर्ने टिमको निर्धारण गर्नेछ । त्यसैले सबैले भनिरहेका छन्, पाकिस्तान सबैभन्दा कमजोर छ भनेर । यही टिमविरुद्ध आफू अनुकूल नतिजा निकाल्न सकेन भने नेपाल सबैभन्दा खराब टिमको दाग लाग्ने छ । डर यही हो नेपाली टिमका लागि । डर के तथ्यमा पनि छ भने पाकिस्तान प्रायः नेपाललाई दुःख दिने टिममै पर्छ । इतिहासले यस्तै भन्छ ।

नेपालविरुद्ध पाकिस्तान

सन् १९८५ मा पहिलो पटक नेपालले पाकिस्तानको सामना गरेको थियो । अवसर थियो दक्षिण एसियाली खेलकुद । त्यसयता दुई टिमबीच अहिलेसम्म १७ खेल भएको छ । त्यसमा नेपाल ६ खेलमा विजयी छ भने ५ खेल पाकिस्तानको पक्षमा गएको छ । बाँकी ६ खेल भने बराबरीमै टुंगिएको छ । दक्षिण एसियाली प्रतिद्वन्द्वीमध्ये भुटानपछि नेपालको सबैभन्दा बलियो प्रदर्शनको आँकडा रहेको टिम त पाकिस्तान नै हो । तर, मैदानमै पनि नेपाललाई बराबरीको हैसियतले प्रायः बलियो टक्कर दिने टिममा पर्छ पाकिस्तान । यसको एउटा राम्रो उदाहरण त साफ च्याम्पियनसिप आफैं हो ।

नेपाल र पाकिस्तानबीच यो खास प्रतियोगितामा ७ खेल भएको छ, त्यसमध्ये नेपाल दुईपल्ट मात्र विजयी छ भने पाकिस्तान दुईपल्ट । बाँकी तीन खेल भने बराबरीमा टुंगेको छ । पछिल्लो समय पाकिस्तान आन्तरिक कलहका कारण लामै समय फिफाको प्रतिबन्धमा रह्यो । त्यो प्रतिबन्ध फुकुवा भएयता पाकिस्तानले सामना गरेको पहिलो टिम भन्ने नै नेपाल हो । गत वर्ष मात्रै पाकिस्तान अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न काठमाडौं आएको थियो । त्यसमा नेपाल विजयी थियो । त्यसयता सबै ८ खेलमा पाकिस्तान लगातार पराजित छ । यी सबै खेलमा यो टिमलै एक गोलमात्र गरेको छ ।

यसले पनि प्रस्ट पार्छ पाकिस्तान आफैंमा कति धेरै कमजोर छ भनेर । पाकिस्तानी टिमका सहायक प्रशिक्षक टार्बेन वेल्स्लीले बारम्बार दोहोर्‍याएर भनेका छन्, अहिलेको पाकिस्तानी टिम नयाँ छ, खेलाडी सबैजसो नयाँ छन् । ‘पोजिसन’ कै आधारमा पनि खेलाडीको प्रदर्शन मिल्न सकेको छैन । फेरि एकपल्ट साफ च्याम्पियनसिपमै फर्कन हो भने यी दुई टिमबीचको पछिल्ला तीन खेलमा नेपाल जितविहीन छ । अझ त्यसमध्ये सन् २०१८ को अन्तिम भेटमा नेपाल पराजित रह्यो । साफमा नेपालले पछिल्लो पटक पाकिस्तानलाई हराएको भनेको सन् २००८ मा हो । त्यस अर्थमा नेपालले पाकिस्तानलाई नहराएको पनि १५ वर्ष भयो ।

नेपाललाई नै अवसर

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस पाकिस्तानविरुद्धको खेललाई अवसर नै मान्छन् । उनी चाहन्छन्, नेपालले प्रतियोगिताको अन्त्य सुखद गर्न सकोस् । उनले भने, ‘हामी पाकिस्तानविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शनका लागि प्रयास गर्नेछौं । जितकै लागि खेल्नेछौं । कम तयारीका बावजुत पनि सुरुआती दुई खेलमा हामीले चाहिँदो प्रयास गरेका थियौं । टिमको प्रदर्शन नराम्रो भन्ने लाग्दैन । मैले प्रशिक्षण सम्हालेयता टिममा सुधार आएको छ, थ्री नेसन्स कपयता नेपालले राम्रो खेल्न थालेको छ । स–साना गल्तीकै कारणले मात्र यसअघिका खेलमा पराजित रहेका हौं, अब त्यस्ता गल्ती दोहोर्‍याउन दिनुहुन्न ।’

उनले थपे, ‘पक्कै पनि प्रतियोगितामा हाम्रो तयारी पर्याप्त रहेन । तर खेलाडीले जस्तो प्रदर्शन गरे, त्यसका लागि धन्यवाद दिन चाहन्छु । यो प्रदर्शनका लागि उनीहरूलाई श्रेय दिनुपर्छ । साफ च्याम्पियनसिपमा जित्दैमा नेपालको फुटबल सुधार भएको र हार्दैमा नेपालको फुटबल कमजोर भएको मान्न सकिन्न ।’

प्रशिक्षक एनिसले पाकिस्तानविरुद्धको खेलमा स्टार खेलाडी अञ्जन विष्टले नखेल्ने पुष्टि गरे । भारतविरुद्धको खेलमा उनी घाइते भएका थिए । पहिलो हाफको अन्त्यतिर उनलाई सब्स्टिच्युट गरिएको थियो ।

उनको अनुपस्थितिमा नेपालको प्रदर्शनमा धक्का लागेको थियो । एमआरआई रिपोर्टमा चोट सामान्य मानिएको छ । यसबारे चिन्ता मान्नु नपर्ने बताइएको छ । प्रशिक्षक एनिसले पाकिस्तानविरुद्ध उत्रने टिममा फेरबदल हुन सक्ने बताए । उनले भने, ‘पक्कै पनि टिममा केही फरक हुनेछ । पाकिस्तानसँगको खेलमा खेलाडीमात्र परिवर्तन हुने छैन, खेल्ने शैलीमा पनि फरक हुनेछ । हाम्रो प्रदर्शन राम्रो हुनेछ, हामीले आक्रामक भएर खेल्नुपर्नेछ । पाकिस्तानलाई प्रत्याक्रमणको अवसर दिनु हुन्न ।’ पाकिस्तानका सहायक प्रशिक्षक वेल्स्ली नेपालविरुद्धको खेल आफ्नो टिमका लागि उत्तिकै महत्त्वपूर्ण रहेको मान्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group