ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं. २ को मुख्यमन्त्री को ?


admin
२० माघ २०७४, शनिबार   १ : २५   बजे

काठमाडौं, २० माघ । आइतबार हुन लागेको २ नम्बर प्रदेशको प्रदेशसभा बैठकको तयारीका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । अरु प्रदेशमा वाम गठबन्धनको बहुमत भए पनि २ नम्बर प्रदेशमा भने संघीय समाजावादी फोरम र राष्ट्रिय जनता पार्टी मिलेर सरकार बनाउने अवस्था छ।

२ नम्बर प्रदेशमा बहुमतमा रहेको फोरम र राजपा आइतबारदेखि सुरु हुने प्रदेसभा अधिवेशनको लागि संसदीय दलको नेता र मुख्यमन्त्री छनोटका लागि आन्तरिक छलफलमा जुटेका छन् ।

यस प्रदेशको एक सय सात सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ जना सांसद छन् । फोरमको संसदीय दलको नेता छनोटका लागि जनकरपुस्थित विराट चोकमा बिहान ११ भरहेको पार्टी कार्यालयमा बैठक बसिरहेको छ भने राजपाको सिद्धार्थ होटलमा १० बजेदेखि बैठक चलिरहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी तालमेल गरेका दुई दलबीच मुख्यमन्त्री फोरम र सभामुख राजपाले लिने सहमति भएको छ । दुवै दलको जारी बैठकले छनोट गर्ने संसदीय दलको नेता नै मुख्यमन्त्री र सभामुखको उम्मेदवार हुनेछन् ।

फोरमको जारी बैठकमा संसदीय दलको नेताका लागि तीन जनाको नाम प्रमुखताका साथ उठाएको छ । बैठकमा दलको नेताका लागि विजय यादव, लालबाबु यादव र सैलेन्द्र शाहको नाममा छलफल भइरहेको छ ।

स्रोतका अनुसार विजय यादवलाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्रीको उम्मेद्वार बनाउने संभावना प्रवल छ । उनी पार्टीको कोषाअध्यक्ष र झलनाथ खनाल प्रधानमन्त्री हुँदाका आपूर्तिमन्त्री समेत भइसकेकाले मुख्यमन्त्रीका प्रबल दाबेदारका रुपमा देखिएका हुन् । यादव पहिलो संविधानसभामा सिराह–२ बाट निर्वाचित भएका थिए ।

उनलाई अध्यक्ष उपेन्द्र यादवको समेत सद्भाव रहेको छ । त्यस्तै उपाध्यक्ष लालबाबु यादव र सैलेन्द्र शाहलाई पनि बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।

त्यस्तै राजपाको जारी सांसदहरुको बैठकमा पनि संसदीय दलको नेता वा सभामुखको उम्मेदवारका रुपमा जितेन्द्र सोनल, रामनरेश यादव र मनिष सुमनमध्ये एकजनालाई बनाउने गरी छलफल भइरहेको छ।

दुई नम्बर प्रदेशमा एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ११ र संघीय समाजवादी नेपाल पार्टीको एक सिट रहेको छ । यी दलले पनि प्रदेशसभाको अधिवेशनका लागि आन्तरिक तयारी गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन शुरु, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित

सम्बन्धित

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

अधिवेशनकै दिन रास्वपा धनुषाका सभापति यादव निलम्बित

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

मधेश प्रदेशमा ‘बालेन लहर’ को प्रभाव: रास्वपाको मजबुत प्रदर्शन, एक्जिट पोलले आधा सिट जित्ने संकेत

सर्लाही–४ मा मतदान सुरु भएकै केही समयमा हुलदङ्गा: बसबरियाको जनता माविमा तनाव, मतदान केहीबेर अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group