ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुरका सामुदायिक वनलाई थप हरियो बनाउन बजेट


एबीसी न्यूज
१२ असार २०८०, मंगलबार   ३ : ५०   बजे
काठमाडौं,१२ असार । मकवानपुरमा उजाड भएका ११ सामुदायिक वनलाई रु ५३ लाख ७० हजारको लागतमा दीर्घकालीन रुपमा हरियो बनाउनका लागि वृक्षरोपणसहित बाँसको घेरा हालिएको छ ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत वसन्तराज गौतमका अनुसार सामुदायिक वनलाई सदाका लागि हरियाली बनाउन उक्त कार्यक्रम लागू गरिएको हो । चालु आर्थिक वर्षमा  बागमती गाउँपालिका–६ स्थित सल्लेडाँडा सामुदायिक वन उपभोक्ता समूह र नमोबुद्ध सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रलाई पुनरुत्थान गरिएको छ ।
यस्तै भैरव सामुदायिक वन उपभोक्ता समूह, वडा नं ७ को शक्तिशाली सामुदायिक वन उपभोक्ता समूह, बागमतीकै वडा नं १ को त्रिवेणी सामुदायिक वन उपभोक्ता समूह, वडा नं २ को बेलघारी सामुदायिक वन उपभोक्ता समूह, बकैया गाउँपालिका–२ को कल्याण सामुदायिक वन उपभोक्ता समूह, बकैयाँ–७ को प्रतिभा सामुदायिक वन उपभोक्ता समूह र बकैयाँ–८ को कालेश्वर सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रलाई पुनरुत्थान गरिएको सहायक वन अधिकृत गौतमले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयले लगानी गरेको वनमा सबै सरसफाइ गरेर घेराबारासमेत गरेर चरिचरन नियन्त्रण गर्दै वृक्षरोपण गरेर भविष्यमा आम्दानी लिन सक्ने वातावरण तयार गर्न लागिएको उहाँले बताउनुभयो । वन क्षेत्रको संरक्षणका लागि वन हेरालु राख्ने र अतिक्रमण रोक्न मद्दत पुग्ने गौतमको भनाइ छ । कार्यक्रमले मकवानपुरका विभिन्न वन समूहमा आबद्ध गरिब किसानले वन व्यवस्थापन गरी मनग्य आम्दानी लिन सक्ने छन् । वनमा विभिन्न जातका रूख, फलफूल, जमिन मलिलो गराउने विभिन्न जातका बोटबिरुवा, घाँस, डालेघाँस लगाइएको छ ।
मकवानपुरगढी गाउँपालिका–४ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहमा उक्त कार्यक्रम सञ्चालन पछि हरियाली र सुन्दर बन्ने विश्वास रहेको उक्त सामुदायिक वन समूहका अध्यक्ष सकेलाल लोले बताउनुभयो । उहाँका अनुसार वन क्षेत्रमा झाडीको फँडानी गर्ने काम गर्नाका साथै लहरा काटिएको छ । वन क्षेत्रमा रहेका थाकलका बुट्यानहरु नष्ट गर्दै बाँसको घेराबारा गरेर विभिन्न जातका बिरुवा रोपिएको अध्यक्ष लोले जानकारी दिनुभयो । बाँसको घेराबाराभित्र बाँस, सजीवन लगायतका तीन हजार ६ सय बिरुवा रोपिएको उहाँको भनाइ छ ।
यसैगरी मकवानपुरको पूर्वी गाउँपालिका वकैया–७ मा रहेको हात्तीचरण सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा पनि हैसियत बिग्रेको सामुदायिक वनलाई सबै मिलेर पुनरुत्थान गरिएको बताइएको छ । वनको तीन हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन गरिएको वन समूहका अध्यक्ष पोसबहादुर घिमिरले बताउनुभयो । यस क्षेत्रको खाली रहेको जमिनमा चाप, टाँकी, काभ्रो, सजीवन, अमला लगायतका तीन हजार बिरुवा रोपिएको उहाँले जानकारी दिनुभयो । वनमा आश्रित अति गरिब र सीमान्तकृत समुदायको उत्थानमा यस कार्यक्रमबाट सहयोग पुग्ने डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu