ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘हाई प्रोफाइल’ लाई जेल पठाउने प्रक्रिया रोकिंदैन : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
१३ असार २०८०, बुधबार   १ : ५५   बजे

 

काठमाडौं १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारमा संलग्न जुनसुकै व्यक्तिलाई पनि कानूनको कठघरामा ल्याउने प्रक्रिया नरोकिने बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री दाहालले ‘हाई प्रोफाइल’ लाई कारबाही हुँदैन भन्ने मनोविज्ञान चिर्न सरकारले काम गरिरहेको बताए। “जनतामा ‘हाई प्रोफाइल’ लाई केही हुँदैन भन्ने मनोविज्ञान बनिरहेको छ। यसले जनतामा आक्रोश जगाइरहेको थियो,” प्रधानमन्त्री दाहालले भने, “यसलाई चिर्न सरकारले काम गरिरहेको छ, नक्कली भूटानी शरणार्थी प्रकरण यसको उदाहरण हो।”
उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफल अनुसन्धान भएको जिकिर गरे। “नक्कली भूटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान भएको छ, ‘हाई प्रोफाइल’ जेल गएका छन्,” प्रधानमन्त्री दाहालले भने, “यो प्रक्रिया यतिमै रोकिनेछैन। निरन्तर अगाडि बढ्नेछ।”
यसैको अर्को प्रयासका रूपमा ललित निवास काण्डमा अभियुक्तहरू पक्राउ पर्न थालेको उनको भनाइ थियो। “ललिता निवास काण्डका अभियुक्त पक्राउ पर्न थालेका छन्,” प्रधानमन्त्री दाहालले भने, “मिटरब्याजीलाई पक्राउ गर्ने र मुद्दा चलाउने प्रक्रिया शुरू भएको छ।”
सुशासनका लागि सरकारले अघि बढाएका काम नरोकिने उनको भनाइ थियो। “कुनै पनि मूल्यमा विकृति विरुद्धको लडाइँ अगाडि बढाइनेछ,” प्रधानमन्त्री दाहालले भने, “लोकतन्त्रसँग आफ्ना कमजोरी सच्याउने तागत रहन्छ भन्ने पुष्टि गरिनेछ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group