ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको नाममा ललिता निवासको ३० रोपनी जग्गा


abc tv
१३ असार २०८०, बुधबार   ३ : ४१   बजे

काठमाडौं । सरकारी लिखत कीर्ते कसूरमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित परिवारको नाममा ललिता निवासको करीब ३० रोपनी जग्गा भेटिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूको नाममा भेटिएको जग्गा र उनीहरूको भूमिका सार्वजनिक गरेको हो। गुरुङ जग्गा प्रकरणमा बिचौलियाको भूमिकामा समेत देखिएको सीआईबीले जनाएको छ।

गुरुङले पत्नी सावित्री घले गुरुङ, छोरा कल्याण, आफन्त तथा भाटभटेनी डेभलपर्सको नाममा जग्गा राखेको भेटिएको हो। कतिपय जग्गा भने उनले बिक्री समेत गरिसकेको पाइएको छ।

गुरुङलाई २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अकुत सम्पत्ति र भ्रष्टाचारको कसूरमा विशेष अदालतमा मुद्दा चलाएको थियो। उनलाई ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ बिगो, जरिवाना एवं सम्पत्ति जफतको माग दाबी गरिएको छ। अभियोगमा पक्राउ परे पनि उनी पुर्पक्षका लागि धरौटीमा छुटेका थिए। अख्तियारले दर्ता गरेको मुद्दा विचाराधीन छ।

सीआईबीले गुरुङ सहित सात जनालाई असार १२ मा पक्राउ गरेको छ। पक्राउ पर्नेमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, डिल्ली बजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, सुरेन्द्रमान कपाली, गोपाल कार्की, हुपेन्द्रमणि केसी र मालपोत विभागका कर्मचारी धर्मप्रसाद गौतम रहेका छन्।

कलाधर, हुपेन्द्रमणि र सुरेन्द्रमानले सर्वोच्च अदालतबाट यसअघि नै कीर्तेमा थुनामा बस्न नपर्ने आदेश लिएकाले पक्राउ परेकै दिन कागज गरेर छुटेका छन्। सरकारी जग्गा कीर्तेमा उनीहरूले बिचौलिया एवं जग्गाधनी भनिएका सुनिती राणा लगायतसँग मिलेमतो गरेको आरोप छ। सुधीर र गोपाल बाहेक अन्यलाई भने अख्तियारले समेत मुद्दा चलाएको छ।

सुधीरकी पत्नी उर्मिला शाहलाई भने अख्तियारले पनि दुई लाख ८६ हजार रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गरेको छ। उर्मिलाको नाममा पाँच रोपनी जग्गा बकसका रूपमा आएर २०६० सालमा बेचिएको थियो। कलाधरले साढुदाइ नाता पर्ने इन्द्रबहादुर थापाको नाममा घूस बापतको जग्गा लुकाएको अनुसन्धानमा देखिएको छ।

पक्राउ परेकाहरूलाई अदालतबाट म्याद थपेर अनुसन्धान गरिने सीआईबीले जनाएको छ। २०७५ सालमा सरकारले सरकारी कागजात कीर्तेमा अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको थियो। तर, पाँच वर्षसम्म मुद्दा दर्ता नै भएको छैन।

२०७८ पुसमा सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकीलको कार्यालय, काठमाडौंमा बुझाए पनि थप अनुसन्धान गर्न भन्दै फिर्ता पठाइदिएको थियो। त्यसको दुई वर्षपछि मात्र फेरि सीआईबीले यो मामिलामा आरोपितलाई पक्राउ गर्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group