ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्दिरको भग्नावशेषमा मूर्ति फेला


एबीसी न्यूज
१४ असार २०८०, बिहिबार   ७ : ५६   बजे

काठमाडौ ,असार १४ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मा नगरले प्रशासनिक भवन निर्माण गर्दा स्थानीय मन्दिर भत्काउने क्रममा मनमती देवीको निकै पुरानो मूर्ति फेला परेको छ । भेटिएको उक्त मूर्ति दुई फिट अग्लो छ ।

उक्त मन्दिर क्षेत्रमा पुरातत्व विभागको टोलीले अनुगमन गर्दै भेटिएको मूर्तिसहित मन्दिर यथास्थानमा निर्माण गर्न निर्देशनसमेत दिएको छ । नगर कार्यालयले प्रशासनिक भवन निर्माणार्थ मनमती देवीकै मन्दिर हटाएर पुरातात्विक वस्तुसमेत नष्ट गर्न खोजेको जानकारी पाएपछि पुरातत्वविद्सहितको टोलीले बुधबार अनुगमन तथा अध्ययन गरेको हो ।

हनुमानढोका हेरचाह समितिका कार्यकारी प्रमुख सन्दीप खनाल, विभागका पुरातत्वविद् विष्णु पाठकलगायतको टोलीले अध्ययनका क्रममा नगरले भवन निर्माण गर्दा जबर्जस्ती मन्दिर हटाएको पाइएको उल्लेख गरे ।
सत्तरी वर्षअघि निर्माण भएको उक्त मन्दिर भत्काउँदा जमिनमुनि भेटिएको उक्त मूर्ति प्राचीन रहेको पुरातत्वविद् पाठकले बताउनुभयो । उनका अनुसार ऐतिहासिक सम्पदालाई यथास्थानमै राख्न भनिएको छ ।

यस्तै टोलीले अनुगमनका क्रममा करिब छ सय वर्ष पुरानो देवीको मूर्तिसमेत फेलापरेको थियो । उक्त मूर्ति पनि अहिले मन्दिर भएकै ठाउँमा राखिएको छ । उक्त मन्दिर हाल निर्माण गरिएको नगरको भवनको उत्तरतर्फ रहेको थियो । वडाध्यक्ष विष्णुप्रसाद पौडेलले केही वर्षअघि नगर कार्यपालिकाले मन्दिर हटाउने निर्णय गरेकाले आफ्नो भूमिका नरहेको बताए । नगरले मन्दिर बाहिर सार्न भत्काएपछि स्थानीयले विरोध गर्दै आएका छन् । केही दिनअघि स्थानीयको विरोधलाई तितरवितर पार्न सशस्त्र प्रहरी बलसमेत प्रयोग गरिएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu