ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्यविनायकमा असार १५ देखि १७सम्म घरेलु, कृषि तथा पर्यटन मेला


एबीसी न्यूज
१४ असार २०८०, बिहिबार   २ : ५६   बजे

 

काठमान्डौ १४ असार

भक्तपुर सूर्यविनायक नगरपालिकाले पहिलो पटक घरेलु, कृषि तथा पर्यटन मेलाको आयोजना गर्ने भएको छ । भोली असार १५ देखि १७ गतेसम्म हुने मेलामा स्टल र अवलोकन निःशुल्क गरिएको छ । हरित कृषि थोक वजार सुर्यविनायकमा हुने मेलाले घरेलु तथा कृषि क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउँने विश्वास लिइएको छ ।

नगर प्रमुख बाशुदेव थापाका अनुसार, ‘घरेलु कृषि तथा पर्यटन मेला २०८०’ ले स्थानीय उत्पादनको वजारिकरणमा महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । भक्तपुरमै उत्पादित परम्परागत र मौलिक उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धन गर्न मेलाको आयोजना गरिएको नगर प्रमुख थापाले बताए । प्रमुख थापाका अनुसार, ९० वटा स्टल रहने मेलामा स्टल र अवलोकन निःशुल्क गरिएको छ ।

 

मेलाका सम्बन्धमा बिहिवार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख थापाले आर्थिक मन्दीको चपेटामा परेका साना व्यवसायीलाई आर्थिक रुपमा चलायमान बनाई प्रोत्साहन प्रदान गर्ने उदेश्यले पहिलो पटक मेलाको आयोजना गरिएको बताए । मेलामा करिव ५ करोड रुपैयाको कारोवार हुने अनुमान गरिएको प्रमुख थापाको भनाई छ । मेला आयोजक समितिका संयोजक एवं सूर्यविनायक नगरपालिकाकी उप प्रमुख सरिता भट्टराईले घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा मेलाको आयोजना गर्न लागिएको बताइन ।

तीन दिनसम्म सञ्चालन हुने मेलामा दश हजार भन्दा बढिले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको बताउँदै उप प्रमुख भट्टराईले मेलाबाट स्थानीय उद्योगी व्यवसायीको वजार उपभोक्तासम्म सञ्जाल बिस्तार भई वजार बिस्तारमा सहयोग पुग्ने उदेशय रहेको बताईन । सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासको रुपमा रहेको घरेलु तथा साना उद्योग कृषि र पर्यटन क्षेत्रको प्रबद्र्धनसँगै कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोड्ने उद्देश्यका साथ आधुनिक प्रविधि र अनलाइन मार्केटिङगमा उत्पादन र उपभोक्तासम्म पहुँच पुर्याउने लक्ष्यका साथ मेला आयोजना गरिएको सुर्यविनायक नगरपालिका वडा नं। ७ क वडाअध्यक्ष एवं नगर प्रबक्ता रबिन्द्र सापकोटाले बताए ।

 

मेलामा सूर्यविनायकका लघु, घरेलु,साना उद्यमी एवं महिला उद्यमीहरुको उत्पादनहरु स्वदेशि औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यावसायहरु, स्थानीय मौलिक उत्पादनहरु जुजु द्यो, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाडाँकुडाका उत्पादन, कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्टकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु आदिको स्टल रहनेछ । त्यस्तै, मौलिक नेवारी खाजा, समय बजी, यमरी, चटामारी, बारासहितको फुड फेष्टिवल हुने प्रबक्ता सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu