ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी प्रदेश सभाको बैठक आज बस्दै


एबीसी न्यूज
१५ असार २०८०, शुक्रबार   ७ : ४०   बजे

काठमाडौ असार १५ । कोशी प्रदेश सभाको बैठक आज पुनः बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।विहीबार दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथिको छलफलपछि बैठक स्थगित भएको थियो ।

सुरुमा आधा घण्टाका लागि बैठक स्थगित गरिए पनि निर्धारित समयमा बैठक बस्न नसकेपछि बेलुका ८ बजेसम्मका लागि स्थगित गरिएको थियो । आठ बजेपछि पनि बैठक बस्न नसकेपछि शुक्रबार बिहान ११ बजे बैठक बस्ने सूचना टाँसिएको थियो ।नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाड्दै समर्थन पनि फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयास गरिरहेका छन् ।९३ सदस्यीय कोशी प्रदेश सभामा कार्कीलाई आफ्नो सरकार जोगाउन एक मत पुगेको छैन ।

अहिलेसम्म उनले नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यको समर्थन पाएका छन् । कार्कीलाई सरकार जोगाइराख्न ४७ मत आवश्यक छ ।मुख्यमन्त्री कार्कीले प्रदेश सभा बैठक स्थगित गराएर एक मत जुटाउन प्रयास गरिरहँदा विपक्षी गठबन्धन उनलाई रोक्ने रणनीतिमा छ ।उनको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादीका ४ गरी ४६ प्रदेशसभा सदस्यहरु छन् । १ मात्र सांसद रहेको जसपा प्रदेश नामकरणको विषयमा तटस्थ बस्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group