ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्न भण्डार मानिने स्थानमा अकाशे पानीको भरमा रोपाइँ


एबीसी न्यूज
१५ असार २०८०, शुक्रबार   १ : ३५   बजे
काठमाडौं, १५ असार । नेपालको अन्न भण्डार मान्ने चुरे पहाडदेखि तलको भागमा अकाशे पानीको भरमा किसान धान खेती गर्न बाध्य रहेको छ  भएका छन् । सिरहा जिल्लामा कूल खेतीयोग्य जग्गा ७३  हजार हेक्टर क्षेत्रफलमध्ये धान रोपाइँ ५४ हजार हेक्टर क्षेत्रफलमा हुँदै आएको छ । त्यसमध्ये हालसम्म आठ प्रतिशत पनि धान रोपाइँ हुन सकेको छैन । सिँचाइ सुविधा  ३९ हजार हेक्टर क्षेत्रफल जमिनमा मात्र उपलब्ध रहेको जसको मूल स्रोत स्यालो ट्युवेल रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कूल खेतीयोग्य जग्गामध्ये गत वर्ष यही समयमा सिरहाका अधिकांश स्थानमा रोपाइँ सुरु भइसकेको थियो । फाटफुटरुपमा सरकारी  र निजी स्तरबाट गाडिएको स्यालो ट्युवेलबाट विद्युतीय मोटर र दमकलबाट पानी तानेर खेती भई रहे पनि पानी नपरेपछि अधिकांश भूभागमा अझैसम्म धान रोपाइँ हुन सकेको छैन ।
मनसुन सुरु भए पनि हालसम्म पर्याप्त पानी परेको छैन । केही दिनअघिदेखि हल्का पानी परे पनि रोपाइँका लागि पानी पर्याप्त हुन नसकेको किसानले बताएका छन् । पानी नपर्दा रोपाइँ गर्न नसकिएको भगवानपुर गाउँपालिका–३ कृषक पप्पुकुमार यादवले बताउनुभयो । गत वर्ष यहीँ समयमा  २५ प्रतिशत रोपाइँ भएको उहाँले जानकारी गराउनुभयो । यो वर्ष धान उत्पादनसमेत घट्ने सिरहा नगरपालिका– १५ का कृषक ब्रह्मदेव  यादवको गुनासो थियो । उहाँले भन्नुभयो, “विगत वर्षमा यो बेलासम्म रोपाइँ गर्दा  धान हरियो भइसक्थ्यो भने रोपाइँ पनि अति तीव्ररुपमा हुन्थ्यो । यो वर्ष कहिले रोपाइँ हुने हो थाहा छैन ।” “समयमै धान रोप्न नपाउँदा धान उत्पादनसमेत घट्न सक्ने भन्दै कृृषक चिन्तित बनेका छन् ।”
गत वर्ष यही समयमा २२ प्रतिशत  रोपाइँ भइसकेकामा यो वर्ष अधिकांश स्थानमा रोपाइँ नै सुरु हुन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र महासेठले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष पानी परेको छैन, किसानले बनाएका धानको ब्याड केहीँ सुक्न थालेका छन् । पानी परेको भए किसानले जेठको अन्तिम सातादेखि नै रोपाइँ सुरु गर्थे ।” अकाशे पानीको भर पर्दा रोपाइँ नै हुन नसकेको  केन्द्रको भनाइ थियो ।
आजदेखि पानी छाड्दै कमला नहरमा
कमला नहरमा असार १५ को अवसर पारेर विधिवत् पूजा गरी नहरमा पानी छाडिने धनुषाको पोर्ताहास्थित कमला सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख वीरेन्द्र यादवले बताउनुभयो । पहिला साउन १ गतेदेखि नहरमा पानी छाड्ने गरिन्थ्यो । गत वर्ष पनि १४ असार नहरमा पानी छाडिएकामा बर्सात्को समयमा बाह्र हजार पाँच सय हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ हँुदै आएको थियो  ।  सुक्खा याममा कमला नदीमा पानी कम हुने भएकाले आयोजनाले लक्ष्यअनुसार  सिँचाइका लागि पानी उपलब्ध गराउन नसकिरहेको उहाँको भनाइ थियो ।
नहरमा पानी आउने सुनिश्चत भएपछि  विष्णुपुर गाउँपालिका–४ थल्हाका राधेश्याम यादवले भने अब नहर छेउको जग्गामा धान रोपाइँ चाँडै सकिने बताउनुभयो । कमला सिँचाइ व्यवस्थापन कार्यालयले कमला नदीबाट निकालिएको नहरबाट कर्जनहा नगरपालिका, मिर्चैया नगरपालिका, सिरहा नगरपालिका, सुखिपुर नगरपालिका, अर्नामा गाउँपालिका, औरही गाउँपालिकाका केहीँ भाग र विष्णपुुर गाउँपालिका, कल्याणपुर नगरपालिका अधिकांश भागमा सिँचाइ हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu