ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिम चितवनमा बाढीको जोखिम घट्दै


एबीसी न्यूज
१७ असार २०८०, आइतबार   १२ : ४०   बजे

काठमाडौं, १७ असार । घरनजिकै बगिरहेको नारायणी नदीमा वर्षात्मा भेल आएसँगै स्थानीय घर छाडेर विद्यालय वा सार्वजनिक भवन खोज्दै हिँड्नुपथ्र्यो । वर्षात्का धेरै रात स्थानीयवासीले यसरी नै बिताएका छन् । यस वर्ष नारायणी नदीमा तटबन्धको काम थालिएपछि विगतका वर्षजस्तो समस्या नआउनेमा उनीहरु आशावादी छन् ।

निर्माण सम्पन्न भइनसकेकाले जोखिम नै छैन भन्नेमा ढुक्क नभए पनि विगतको जस्तो जोखिम नहुनेमा उनीहरू विश्वस्त छन् । भरतपुर महानगरपालिका–१६ र १७ को सिमानास्थित गणेश मन्दिरका विजय परियार यस वर्ष गएका वर्षहरूजस्तो बाढीको असर नहुनेमा ढुक्क हुनुहुन्छ । उहाँले भन्नुभयो, “धेरै जोखिम भएका ठाउँमा तटबन्ध बनेको छ, नारायणी नदी यस वर्ष बस्ती पस्छ जस्तो लाग्दैन ।”

भरतपुर –१८ भुवनबस्तीका हरिकृष्ण सापकोटा घर नजिकैको नारायणी नदीले किनार काट्दै गर्दा वर्षात्मा त्रास हुने गरेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, “यस वर्ष हाम्रोमा बाढी आउँदैन”, नारायणी नदी किनारका बासिन्दालाई भेट्दै गर्दा उनीहरू सबैको पीडा वर्षात्को समय हुने गर्दछ । विगतमा पाएका दुःख अब नदोहोरिएला भन्नेमा उनीहरू आशावादी छन् ।

नारायणी नदी व्यवस्थापन आयोजनामार्फत नदी किनारलाई तटबन्धका काम तीव्रगतिमा अघि बढाइएको छ । विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै–थोरै काम हुँदै आएकामा रकमको निकासासँगै यस वर्षबाट नदी किनारका भरतपुर महानगरतर्फका अधिकांश भू–भागमा काम भइरहेको छ । पाँच खण्ड बनाएर काम गरिएको छ । तीमध्ये नारायणी नदी बिचमोडलको काम सम्पन्न भइसकेको छ ।

नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार नारायणी नदीको महानगरतर्फ सिसइबाट भगडीसम्मको तटबन्धका लागि रु ३८ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको छ । सो खण्डमा १५ प्रतिशत काम सम्पन्न भएको छ । पाँच दशमलव सात किलोमिटर उक्त खण्डको सिसइ र भगडी क्षेत्र उच्च जोखिममा छ । बुढाथोकीका अनुसार सिसइको लगभग काम सम्पन्न भएको छ भने भगडीको अतिजोखिम ठाउँको काम भएको छ ।

गाँजीपुरबाट हीरापुरसम्मको रु ४८ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको छ । सो खण्डको १५ प्रतिशत काम सम्पन्न भएको छ । पाँच किलोमिटर लामो उक्त खण्डको गाँजीपुर र हिरापुरको बढी जोखिमपूर्ण ठाउँमा काम भएको हो । रामघाटबाट काभ्रेघाटसम्मको रु एक अर्ब १५ करोडमा ठेक्का सम्झौता भइ काम भइरहेको छ । सो खण्डमा २० प्रतिशत काम सम्पन्न भएको छ । पाँच किलोमिटर लामो यस खण्डको जोखिमपूर्ण मानिएको भगेरीथान र बाह्रघरेमा काम गरिसकिएको छ ।

बालुवाबाट गोलाघाटसम्मको सात किलोमिटरमध्ये दुई दशमलव पाँच किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्भारको काम भइरहेको छ । यसका लागि रु २३ करोडमा ठेक्का सम्झौता भएको हो । जसको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । बालुवा क्षेत्रको काम सम्पन्न भएको छ भने गोलाघाट क्षेत्र बाँकी छ । बुढाथोकीले बढी जोखिमपूर्ण ठाउँमा काम सम्पन्न भइसकेको बताउनुभयो ।

नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिबिचको काम सम्पन्न भइसकेको छ । तटबन्ध बहुवर्षीय आयोजनाका रूपमा काम अघि बढाइएको हो । विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धमा एकैपटक रु पाँच अर्बको काम अघि बढाइएको हो । यसमध्ये भरतपुर र नवलपरासी दुवैतर्फ यस बजेटबाट काम हुँदैछ । आर्थिक वर्ष २०६६÷६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोडमात्र विनियोजन हुँदा काम प्रभावकारी हुन नसकेको आयोजनाका प्रमुख गणेश मरासिनीले बताउनुभयो ।

उहाँका अनुसार चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ । तटबन्धको काम गराउँदै गर्दा जोखिमपूर्ण ठाउँलाई पहिलो प्राथमिकता राखिएकाले विगतको जस्तो जोखिम यस वर्ष नहुनेमा मरासिनी विश्वस्त हुनुहुन्छ । उहाँले भन्नुभयो, “धेरैजसो जोखिम ठाउँमा तटबन्ध निर्माण सम्पन्न भइसकेका छन् ।”

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर लागिपरेकै कारण काम भएको बताउनुभयो । यस वर्ष बाढी पूरै छेक्न नसकिए पनि आगामी वर्षबाट पश्चिम चितवनवासी नारायणी नदीको बाढीबाट सुरक्षित हुने उहाँको भनाइ छ ।

उपप्रमुख चित्रसन अधिकारीले तटबन्ध गर्दैगर्दा स्थानीय सुरक्षित हुने र धेरै भू–भाग उपयोग गर्न मिल्ने गरी जमिन उपलब्ध हुने बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको जस्तो बाढीको समस्या यो वर्ष नआउँला ।” हरेक वर्षात्को समयमा स्थानीयवासीले घर छाडेर हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्न महानगर लागिपरेको उहाँको भनाइ छ ।
।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu