ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय पाठ्यक्रममा वैदेशिक रोजगारसम्बन्धी विषय


एबीसी न्यूज
१७ असार २०८०, आइतबार   २ : ४३   बजे
काठमाडौं, १७ असार । बागलुङको गलकोट नगरपालिकाले नेपालमा नै पहिलो पटक स्थानीय पाठ्यक्रममा वैदेशिक रोजगारीसम्बन्धी विषय समावेश गरेर पठनपाठन सुरु गरेको छ ।
चालु शैक्षिकसत्रबाट आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गरेको नगरपालिकाले कक्षा ६ को पाठ्यपुस्तकमा वैदेशिक रोजगारी र त्यसको सामाजिक प्रभावको विषय समावेश गरेको हो । सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाले वैदेशिक रोजगारीका विषयमा बालबालिकालाई ज्ञान हुन आवश्यक रहेकाले पाठ्यक्रममा नै यो विषय समावेश गरेको नगर प्रमुख भरत शर्मा गैरेले बताउनुभयो ।
वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमा स्वरोजगार हुने मानसिकताको विकास गर्न र जानै परे वैदेशिक रोजगारीको विषयमा ज्ञान लिएर जाने वातावरण बनाउनका लागि पाठ्यक्रममा यो विषय समावेश गरिएको गैरेले बताउनुभयो ।
“वैदेशिक रोजगारी स्वाभाविक प्रक्रिया जस्तो भइसक्यो, कम्तीमा यसको विषयमा बुझेर जाउन, सीप सिकेर जाउन भन्ने हो”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीसम्बन्धी सचेतनाका लागि यो प्रयास थालिएको हो ।”
वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मीले वैदेशिक रोजगारीका विषयमा पढाउने देशभरका सात सय ५३ स्थानीय तहमध्ये गलकोट पहिलो स्थानीय तह भएको बताउनुभयो । सुरक्षित आप्रवासनका लागि पाठ्यक्रमले धेरै सहयोग गर्ने उहाँको बुझाइ छ ।
“हामीले पनि धेरै सहयोग गरेर पाठ्यक्रम तयार भएको छ, कक्षा ६ मा पढाइ हुनु खुसीको कुरा हो”, रेग्मीले भन्नुभयो, “यो पढाइ व्यावहारिक हुनेछ, अन्य स्थानीय तहले पनि लागू गर्दा राम्रो हुन्छ ।” वैदेशिक रोजगारीमा गएका र जान खोज्ने ठगिने गरेकाले यो पाठ्यक्रमले त्यसलाई रोक्ने उहाँको बुझाइ छ ।
विदेश जान चाहने तथा विदेशमा पुगेर पनि ठगिएका नेपालीले उपचार खोज्ने र न्याय पाउने अवस्था चुनौतीपूर्ण छ । यस्तो बेला सचेतनाको अभाव हुने गरेको उहाँले बताउनुभयो । बागलुङको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाले पनि वैदेशिक रोजगारीको विषय पाठ्यक्रममा समावेश गर्ने चरणमा रहेको उहाँले जानकारी दिनुभयो । “हामीले सुझाव दिएका छौँ, उहाँहरु सकारात्मक हुनुहुन्छ”, उहाँले भन्नुभयो, “यो सबैका लागि जरुरी विषय पनि हो ।”
बागलुङका नगर उपप्रमुख राजु खड्काले वैदेशिक रोजगारीका विषयमा बालबालिकादेखि वयस्कसम्म सबैमा सचेतना पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले देशमा नै रोजगारी पर्याप्त नभएर विदेश जानुपर्दा सीप, ज्ञान सिकेर जाने युवाले काम पनि राम्रो पाउने तथा कमाइ पनि राम्रो हुने र सुरक्षित पनि भइने बताउनुभयो ।
बागलुङको बागलुङ, जैमिनी र गलकोट नगरपालिका तथा काठेखोला गाउँपालिकाले आप्रवासी पाश्र्वचित्र तयार गरेका छन् । यसबाट आप्रवासन प्रक्रियालाई सुरक्षित बनाउन सकिने सरोकारवाला बताउँछन् । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि विभिन्न तरिकाले स्थानीय तहहरुले काम अघि बढाएको सुरक्षित आप्रवासन कार्यक्रम बागलुङका संयोजक मिनप्रसाद पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group