ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तारबार गर्नका लागि ललितानिवास जग्गामा काठमाडौंको नगर प्रहरी सक्रिय


एबीसी न्यूज
१७ असार २०८०, आइतबार   ४ : १८   बजे

 

काठमाडौं १७ असार । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको छ । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो ।

अहिले ललितानिवासको जग्गा यकिन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ । ललितानिवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।

त्यस्तै यो जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।

महानगर प्रहरीले ललितानिवास क्षेत्रको सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन निर्देशन दिएको छ । महानगर प्रहरी निरीक्षक ईश्वर वाग्लेका अनुसार ललितानिवासले चर्चेको सार्वजनिक जग्गामा बनेको सबै अस्थायी संरचना हटाएर कम्पाउण्डिङ गर्ने तयारी गरेको हो ।

‘सार्वजनिक जग्गामा बनेको अस्थायी संरचना जति खाली गरेर अहिले कम्पाउण्डिङ गर्ने र ठूला तथा पक्की संरचनामा अर्को निर्णय गरेर कारबाही गर्ने आदेश भएको छ’ बालुवाटारमा रहेका उनले भने ।

ललितानिवासको जग्गामा हाल करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् । ‘उहाँहरुलाई हट्न भनेका छौं, त्यसपछि हामी तारबार लगाउँछौं’, वाग्लेले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu