ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई अघि सार्ने कांग्रेसको निर्णय


एबीसी न्यूज
१७ असार २०८०, आइतबार   ८ : १०   बजे

 

काठमाडौँ १७ असार । नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ । कोशी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए ।

नेकपा ९एमाले०को नेतृत्वमा रहेको सरकार ढलेपछि सत्ता साझेदर दलहरुबीच कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेका बेला कांग्रेसले मुख्यमन्त्रीमा थापालाई अगाडि सारेको हो ।

‘मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वमा रहेको सरकारले विश्वासको मत पाउन नसकेपछि स्वभाविक रुपमा गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । त्यसैले पहिलो पटक कांग्रेस नेतृत्वको सरकार बन्छ । त्यसको नेतृत्व कांग्रेस कोशी प्रदेश सभापति एवं दलका नेता उद्धव थापाले गर्नुहुनेछ,’ उपसभापति रायमाझीले बैठकको निर्णय सुनाउँदै भने, ‘यसका लागि केन्द्रीय नेतृत्वसँग पनि छलफल गर्नेछौं साथै सत्ता साझेदार दलहरुबीच निरन्तर संवाद भइरहेको छ ।

सभापति थापाको अध्यक्षतामा बसेको बैठकमा उपसभापति रायमाझी र टंक राई, महामन्त्रीहरु भुपेन्द्र राई र टंक थापा, सहमहामन्त्रीहरु विनोद कुमार बस्नेत, खड्ग फागो र प्रमिला गच्छदार साथै कोषाध्यक्ष राजेश गुप्ता सहभागी थिए । कांग्रेसले कोशीमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएसँगै दलहरुले आ–आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ ।कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जसपाका एकजना प्रदेशसभा सदस्य छन् भने एमालेका ४० र राप्रपाका ६ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group