ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आधारभूत स्काउट तालिम सम्पन्न


एबीसी न्यूज
१८ असार २०८०, सोमबार   ९ : १४   बजे

रुपन्देही, १८ असार। स्थानीय स्काउट देवदहको आयोजनामा असार १२ गते देखी सुरु भएको एकहप्ते स्काउट तालिम सम्पन्न भएको छ। तालिममा सामुदायिक तथा निजि विद्यालयका २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो।समापन कार्यक्रममा बोल्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले स्काउट तालिमले विद्यार्थीलाई अनुशासनमा कायम राख्न उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रमुख अतिथि समेत रहेका खरेलले तालिम पश्चात् अनुशासित र मर्यादित समाज निर्माणका लागि सकारात्मक भूमिका रहने उल्लेख गरेका थिए । नगर प्रमुख खरेलले स्काउटले सामाजिक रुपमा परिवर्तन गर्ने नेतृत्वदायी भुमिका सृजना गर्ने हुँदा विद्यालय स्तरमा स्काउटको भुमिका अहम हुने बताए ।

सोही कार्यक्रममा नगर प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ र नगर शिक्षा अधिकारी टिकाराम शर्मालाई नेपाल स्काउटको विधान अनुरुप दीक्षित समेत गरिएको थियो।नेपाल स्काउटका लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराई, कोर्ष लिडर दावा शेर्पा लगायतले आ–आफ्नो भनाई राखेका थिए । उक्त तालिममा कोर्ष लिडरका रुपमा कोर्ष लिडर दावा शेर्पा र काउन्सिलरहरु छबिलाल कंडेल, बिक्की डुम्रे, पुकार ढकाल रहेका थिए । समापन कार्यक्रम स्थानीय स्काउट देवदह नगरपालिकाको संयोजक विकास गहतराजको अध्यक्षता र राहुल देव सापकोटाको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group