ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्ड आगामी भदौमा चीन भ्रमणमा जाने पराष्ट्रमन्त्री साउदको जानाकारी


ABC NEWS
१८ असार २०८०, सोमबार   १ : ४३   बजे

धनगढी १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ महिनामा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन्।

कैलालीको धनगढीमा प्रेस युनियनले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन्।

साउदका अनुसार आगामी सेप्टेम्बर अर्थात् भदौ महिनामा चीन भ्रमणमा जाने गरी प्रधानमन्त्रीको कार्यक्रम तयार भइरहेको छ।

‘प्रधानमन्त्रीजीको चीन भ्रमण पनि हुँदैछ। सेप्टेम्बरमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा केही उपलब्धि हुनेछ’, उनले भने, ‘उत्तरतिर चीन आर्थिक र राजनीतिक रुपमा पनि उदाएको छ। चीनको विकासको छलाङलाई नेपालमा पनि उपयोग गर्न सक्नुपर्छ।’

साउदले अहिले पनि नेपालले भारतसँग दुईतिहाइ व्यापार गरिरहेको बताएका छन्। ‘सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ। पारवहनका लागि चीन र तेस्रो मुलुकबाट हुने व्यापार हिन्द महासागरबाट हुन्छ’, उनले भने, ‘चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट लाभ लिन सक्छौँ।’

उनले दल विशेषको परराष्ट्र नीति र नेता विषेशको सम्बन्ध भएर नहुने बताउँदै अब सबैलाई स्वीकार्ने परराष्ट्रनीति बनाउने पनि जानकारी दिए।

‘विगतमा केही कमीकमजोरी भएका छन्। अहिले हामी त्यसलाई सच्याएर जाँदैछौँ। सबै दललाई स्वीकार्य हुने परराष्ट्र नीति बनाउँदैछौँ’, उनले भने।

गत जेठ १७ देखि २१ सम्म भएको प्रधानमन्त्रीको भारत भ्रमणमा पनि केही ठूला उपलब्धि भएको उनले दाबी गरे।

‘भारतले १० हजार मेगावाट बिजुली किन्न तयार छ भनेर एमओयू गरेको छ’, उनले भने, ‘प्रधानमन्त्रीजीको चीन भ्रमण पनि हुँदैछ।’

उनले आफू सोमबारै अजरबैजान जान लागेको पनि बताए।

‘नेपाल असंलग्न परराष्ट्र नीतिमा हिँडेको छ। सैनिक गठबन्धनमा पनि तटस्थ छ। अजरबैजानको बाकुमा हुने परराष्ट्रमन्त्री स्तरीय सम्मेलनमा आजै जाँदैछु’, उनले भने, ‘असंलग्न आन्दोलनलाई चिनाउन पनि म कुरा उठाउने छु।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group