ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी पार्टीहरूको एकता जरुरी छ : विप्लव


ABC NEWS
१८ असार २०८०, सोमबार   ३ : १२   बजे

कपिलवस्तु १८ असार । नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवले अहिले नेपालको कम्युनिस्ट आन्दोलनको विषयमा बहस जरुरी रहेको भन्दै यसलाई एकीकृत गर्ने समय आएको बताएका छन् ।

अहिले माओवादी पार्टीहरूको एकताभन्दा पनि मोर्चा निर्माणको विषय महत्त्वपूर्ण रहेको उनले बताए । र यसमा आफूहरू एक हदसम्म सफल भएको चन्दको दाबी छ । हालै गठन भएको समाजवादी मोर्चाको सन्दर्भ जोड्दै नेता चन्दले यस्तो बताएका हुन् ।

समाजवादी कोर्चाको विषयमा उनले अस्थिरता र आर्थिक संकटले अस्थिर बनेको मुलुकलाई सुव्यवस्थित र संगठित तरिकाले निकास दिन चार राजनीतिक दलका बीच सहमति बनेको भनाइ थियो ।

पार्टी केन्द्रीय कार्यालय शिवगढीमा पत्रकारसँग कुरा गर्दैउनले यस्तो बताएका हुन् । यस क्रममा चन्दले समाजवादी मोर्चामा आफूहरू सामेल भए पनि आफ्नो पार्टीलाई संसदवादी पार्टीको रुपमा हेर्न नहुने जिकिर गरेका थिए ।

माओवादी पार्टीहरुबीचको एकता वस्तुगत रुपले बन्न जरुरी भएको छ । त्यसका लागि छलफलहरु चलेका छन् । तर सुव्यवस्थित तरिकाले विषयमा प्रवेश गरेका छैनौं । एकता हुने विषय मुख्य भएपछि त्यसमा छलफल गरेर संगठनात्मक क्षेत्रमा नीति, विचार र कार्यक्रमले माग गरेअनुसार पदमा बस्न हामी जो कोही जहाँ पनि तयार छौं,’ चन्दले भनेका छन् ।

यस्तै बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भइरहेको वार्ताको सन्दर्भमा पार्टी एकता मात्र नभएर राष्ट्रिय स्वाधिनता, यथास्थितीवादी प्रवृत्तिबारे पनि छलफल भएको उनले बताए ।

समाजवादी मोर्चामा आबद्ध भए पनि उनले सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने बताएका थिए । उनले भनेका छन्, ‘आवश्यकता पर्‍यो भने संघर्ष र आन्दोलन गर्न पनि पछि पर्दैनौं ।’

चार दलबीच बनेको मोर्चाले देशलाई स्थिरता र निकास दिने भन्दै उनले आफूहरू पनि मोर्चामा सामेल भएको बताएका थिए । साथै अहिलेसम्मका उपलब्धि रक्षा गर्न आफूहरू मोर्चामा आएको उनले स्पष्टीकरण दिएका छन् ।

‘१५ वर्षयता मुलुकमा संसदीय व्यववस्थाको जुन अभ्यास भयो त्यो सफल भएन । यसमा सिंगो देश स्पष्ट छ । सामान्य सुकुम्बासीदेखि बुद्धीजिवीसम्म, राजनीतिक व्यक्तिदेखि उद्योगी व्यवसायीसम्मको बुझाय त्यही छ । त्यही भएर मुलुकलाई अग्रगामी निकास दिएर समाजवादमा पुर्‍याउनुपर्छ । यसले स्थिरता र शान्ति ल्याउन सक्छ भन्ने भएपछि यो मोर्चामा हामी आयौं,’ चन्दले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group