ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३ दलबीच संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउने सहमति


एबीसी न्यूज
१९ असार २०८०, मंगलबार   १ : ५१   बजे

काठमाडौ असार १९ । प्रमुख तीन राजनीतिक दल संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउन सहमत भएका छन् ।मंगलबार सिंहदबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता र सभामुख देवराज घिमिरेको बैठकले सभापति चयन प्रक्रिया अघि बढाउने सहमति गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।

छलफलमा सभामुख घिमिरेले लामो समयदेखि संसदीय समितिहरु ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन भइरहेको भन्दै सभापति चयनमा छिटो सहमति गर्न आग्रह गरेका थिए ।उनले दलहरुले सहमति नगरे आफूले सभापति चयनको प्रक्रिया अघि बढाउने समेत बताएका छन् । ‘चुनाव गर भन्नुहुन्छ कि मिलाउनुहुन्छ रु मिलाउनुहुन्छ भने तुरुन्त मिलाउनुस्’ बैठकमा दलका नेताहरुसँ भएको छलफलबारे सभामुख घिमिरेले सञ्चारकर्मीहरुलाई भने, ‘तपाईहरुले गर्नुभएन भने मैले आफ्नो स्टेप चाल्नुपर्ने हुन्छ ।

’संसदीय गतिविधिलाई सक्रिय बनाउने काम राजनीतिक दल र तिनका नेताहरुको भएको भन्दै सभामुख घिमिरेले यो आफ्नोमात्रै जिम्मेवारी नभएको बताए । ‘यसलाई अविलम्ब टुंग्याइहाल्ने, तुरुन्तै गर्ने कुरा भएको छ’ उनले भने ।उनका अनुसार दलहरुले सभापति चयन प्रक्रिया अघि बढाउन म्यान्डेट दिएका छन् ।

कानुनमन्त्री गुरुङका अनुसार संसदीय समिति सभापतिका विषयमा पुरानै सहमति कार्यान्वयन हुनेछ । निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नेछन् ।
दलहरुबीच सहमति नहुँदा प्रतिनिधिसभाको संसदीय समितिको सभापति चयन भएको छैन् । हाल ती समितिका बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu