ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभियुक्तलाई भाग्न मद्दत गर्न सक्ने भन्दै भाटभटेनीका मिनबहादुरलाई थुनामै राख्न माग


एबीसी न्यूज
१९ असार २०८०, मंगलबार   ५ : १७   बजे

 

काठमाडौं १९ असार । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले अन्य प्रतिवादीलाई भगाउन र प्रमाण नष्ट गर्न सक्ने प्रहरीको निष्कर्ष छ।
प्रहरीले सर्वोच्च अदालतलाई बुझाएको लिखित जवाफमा भाटभटेनी सुपर मार्केटका मुख्य संस्थापक, प्रवर्द्धक र व्यवसायी गुरुङ प्रभावशाली व्यक्ति भएकाले उनले प्रमाण नष्ट गर्न सक्ने उल्लेख छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० प्रमुख किरण बज्राचार्यद्वारा प्रेषित जवाफमा ‘गुरुङलाई थुनामा नराखी अनुसन्धान गर्दा अन्य प्रतिवादीलाई भाग्न मद्दत गर्न सक्ने प्रबल सम्‍भावना देखिएको’ उल्लेख छ। उनले साक्षी तथा जाहेरवालालाई समेत प्रभाव पार्न सक्ने प्रहरीको निष्कर्ष छ।

‘निजलाई थुनामा नराखी अनुसन्धान गर्दा पूरै अनुसन्धान प्रभावित भई तथ्यपरक अनुसन्धान गर्न र अपराधको सञ्‍जाल पहिचान तथा तहकीकातमा कठिनाइ हुने अवस्था देखिएको र निज प्रतिवादीको अख्तियार प्राप्त अधिकारी समक्ष बयान गराउने कार्य बाँकी नै रहेको हुँदा निजलाई थुनामा नै राखी मुद्दाको अनुसन्धान गर्नुपर्ने विद्यमानता रहेको’ महान्यायाधिवक्ता कार्यालय मार्फत बुझाइएको लिखित जवाफमा भनिएको छ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा सरकारी कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र गोपाल कार्कीको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले असार १५ मा गृह मन्त्रालयलाई २४ घण्टाभित्र जवाफ पेश गर्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu