ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहले खर्च गर्न सकेनन्


एबीसी न्यूज
२० असार २०८०, बुधबार   १ : १३   बजे

काठमाडौं, २० असार । चालु आर्थिक वर्ष २०७९र८० सकिन लाग्दासमेत बैतडीका स्थानीय तहले बजेट खर्च गर्न सकेका छैनन् । यहाँका स्थानीय तहको हालसम्म विकासे बजेट ७९ प्रतिशत मात्रै खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीका अनुसार १० स्थानीय तहको रु एक अर्ब ६९ करोड ४८ लाख कुल पुँजीगत बजेटमध्ये ७९ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको छ । सबैभन्दा कम मेलौली र धेरै खर्च पुर्चौडी नगरपालिकाले गरेको छ । मैलौलीले ४८ दशमलव ८२ प्रतिशत र पुर्चौँडीले ९१ दशलमव ८९ प्रतिशत विकासे बजेट खर्च गरेका छन् ।

पञ्चेश्वर गाउँपालिकाले रु १२ करोड ५८ लाख पुँजीगत बजेटमध्ये ८८ दशमलव ८१ प्रतिशत मात्रै खर्च गरेको छ । चालुुतर्फको रु ३० करोड २९ लाखमध्ये ८३ दशमलव ३६ प्रतिशत खर्च गरेको छ । दोगडाकेदार गाउँपालिकाले रु १५ करोड ७३ लाख पुँजीगत बजेटमध्ये ८६ दशमलव ९० प्रतिशत खर्च गरेको छ । चालुतर्फ भने रु ४१ करोड ४७ लाखमध्ये ९२ दशमलव ७० प्रतिशत खर्च गरेको मगरातीले जानकारी दिनुभयो ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले रु १९ करोड ६९ लाख विकासे बजेटमध्ये ८६ दशमलव ३९ प्रतिशत र चालुतर्फको रु ४५ करोड ५२ लाखमध्ये ९५ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको छ । सिगास गाउँपालिकाले रु १७ करोड ६८ लाख पँुजीगत बजेटमध्ये ८४ दशमलव ८१ प्रतिशत खर्च गरेको छ भने चालुतर्फको रु ३८ करोड ८६ लाखमध्ये ९२ दशमलव ८८ प्रतिशत खर्च गरेको छ ।

प्रमुख मगरातीका अनुसार डिलाशैनी गाउँपालिकाले रु १७ करोड ५० लाख पुँजीगत बजेटमध्ये ८३ दशलमव ३१ प्रतिशत खर्च गरेको छ । चालुतर्फको रु ३२ करोड ३९ लाखमध्ये ९१ दशमलव ८९ प्रतिशत खर्च गरेको छ । सुर्नया गाउँपालिकाले रु ११ करोड ४९ लाख पुँजीगत बजेटमध्ये ८१ प्रतिशत मात्रै खर्च गरेको छ । चालुतर्फको रु ३६ करोड १८ लाखमध्ये ९३ दशमलव ६७ प्रतिशत खर्च गरेको छ ।

यस्तै शिवनाथ गाउँपालिकाले रु १४ करोड ११ लाख पुँजीगत बजेटमध्ये ७६ दशमलव ७७ प्रतिशत तथा चालुतर्फको रु २५ करोड ५५ लाखमध्ये ९१ प्रतिशत खर्च गरेको कार्यालयले जनाएको छ । पाटन नगरपालिकाले रु २० करोड १८ लाखमध्ये ७० दशमलव ७४ प्रतिशत पँुजीगत खर्च गरेको छ । चालुतर्फ रु ४८ करोड २९ लाखमध्ये ८८ दशमलव ८५ प्रतिशत खर्च गरेको छ ।

यसैगरी पुर्चौडी नगरपालिकाले चालुतर्फको रु ४७ करोड १० लाखमध्ये रु ४३ करोड ८० लाख अर्थात् ९३ प्रतिशत खर्च गरेको छ । मेलौली नगरपालिकाले ४८ दशमलव ८२ प्रतिशतमात्रै पुँजीगत बजेट खर्च गरेको छ । उसले रु १९ करोड ३० लाखमध्ये रु नौ करोड ४२ लाख मात्र खर्च गरेको छ । यस्तै नगरपालिकाले चालुतर्फको रु ३६ करोड ३७ लाखमध्ये रु ३१ करोड ३१ लाख अर्थात् ८६ दशमलव ०९ प्रतिशत खर्च गरेको छ ।

नगरप्रमुख भीमबहादुर चन्दले कर्मचारी अभाव र भुक्तानी प्रक्रिया ढिला गरिँदा विकासे बजेट खर्च गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको सरुवाले विकासे बजेट कम खर्च भएको हो । भुक्तानीको प्रक्रिया जारी नै रहेकाले पुँजीगत खर्च बढ्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu