ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले ‘दिल्लीमा प्रधानमन्त्री बनाउन गएको’ भन्ने अभिव्यक्तिको जवाफ नदिए एमालेले सदन अवरुद्ध गर्ने


एबीसी न्यूज
२० असार २०८०, बुधबार   २ : ०९   बजे

 

 

काठमाडौँ २० असार । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिबारे संसद्मा जवाफ माग्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले प्रस्ट नपारेसम्म संसद् चल्न नदिने एमालेका सचेतक महेश बर्तौलाले बताए ।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए ।

सचेतक बर्तौलाले प्रचण्डको अभिव्यक्ति संसद्को अपमान भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक छ। यो संसद्‍माथिकै अपमान हो । उहाँको अभिव्यक्ति जनादेशको प्रतिकूल हुनेगरी आएको छ । प्रधानमन्त्रीसँग जवाफ माग्नुपर्छ । इमान्दारिता र नैतकिता हुन्छ भने उहाँले राजीनामासम्म दिनुपर्छ ।’

प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्ने कार्यसूची रहेको छ । बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक(२०८० माथिको दवाफार छलफल सदनमा गरियोस्’ भनेर प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड र सरकारका तर्फबाट चित्तबुझ्दो जवाफ नआए सदन अवरुद्ध हुनसक्ने पनि एमाले सचेतक बर्तौलाले बताए । उनले भने, ‘यो त गम्भीर कुरा हो । संसद् अवरुद्ध हुन्छ । सरकारले प्रधानमन्त्रीले यसलाई कसरी लिनुहुन्छ भन्ने कुरामा निर्भर रहन्छ ।’

प्रधानमन्त्री दाहाल पटक–पटक अभिव्यक्तिका कारण विवादमा आउने गरेका छन् । पछिल्लो समय फेरि नेपालमा सरकार बन्ने कुरा दिल्लीमा निर्भर हुने सन्देश जाने अभिव्यक्ति दिएपछि उनी विवादमा आएका हुन् । पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘उहाँ (प्रितम सिंह ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो ।’

प्रीतम सिंहको जीवनी ‘रोड्स टु दि भ्याली’ प्रचण्डबाट विमोचनन, भने- मलाई प्रधानमन्त्री बनाउन सिंह धेरैचोटी दिल्ली जानुभयो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group