ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेका कारण मिटरब्याजसम्बन्धी कानुन शून्यतामा गयो :  पुन


एबीसी न्यूज
२० असार २०८०, बुधबार   ८ : ५३   बजे

 

 

काठमाडौँ २० असार । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र का उपमहासचिव वर्षमान पुनले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरोध गर्दा मिटर ब्याजपीडितको पक्षमा कानुन बनाउन ल्याएको अध्यादेश प्रतिस्थापन विधेयक पारित हुन नसकेको बताएका छन् । विधेयक पारित हुन नसकेपछि कानुनी शून्यता हुन गएको पुनको भनाइ छ ।

प्रतिनिधिसभाको बुधबारको बैठक एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन पहिले दिएको अभिव्यक्तिको विरोधमा अवरुद्ध गरेका थिए ।

शुक्रबारसम्म प्रतिनिधिसभा बैठक स्थगित भएपछि माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका सांसद पुनले भने, ‘आज मिटरब्याजसम्बन्धी समस्यालाई समाधान गर्न जारी भएको अध्यादेश प्रतिस्थापन गर्न बनेको विधेयक पास गर्ने अन्तिम दिन हो । यसलाई पास गरौं र राष्ट्रिय सभामा पठाऔं अनि त्यो विषयमा छलफल गरौँला भन्ने आग्रह गरेका थियौं,’ उनले भने, ‘देशभरमा मिटरब्याजपीडित आन्दोलन भइरहेको अवस्थामा कानुनी शून्यता हुने भयो । कोही थुनामा रहेका छन्, कोही मुद्दा चलिरहेकाले अवस्था जटिलता बनेको छ । यो दुःखद् कुरा हो ।’

प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने माग गरेपछि माओवादी केन्द्र, कांग्रेस र एमाले नेताहरूले सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । उक्त छलफलमा संसद्लाई अब कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल भएको पुनले बताए ।

सरकारको पक्षबाट पहल भएमा संसद् अगाडि बढाउन सहज हुने कुरा एमालेका सचेतकले बताएको पुनको भनाइ थियो ।

‘एमालेका सचेतकले सरकारबाट पहल होस् हामी यसबारे संवादका लागि तयार छौं भन्नुभएकाले सकरात्मक रूपमा लिएका छौं,’ उनले भने । अब शीर्ष राजनीतिक नेताहरू बसेर संसदको अवरोध हटाउनेबारे छलफल हुने पुनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group