ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन दिनभित्र स्पष्टीकरण नबुझाए प्राधिकरणका महानिर्देशक अधिकारी निलम्बन हुने


एबीसी न्यूज
२० असार २०८०, बुधबार   ९ : १०   बजे

 

काठमाडौं २० असार । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई मन्त्रालयले मागेको स्पष्टीकरण तीन दिनभित्र नबुझाए कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ।

बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको मन्त्रीस्तरिय बैठकले उनलाई स्पष्टीकरण नबुझाए निलम्बन गर्ने निर्णय गरेको हो।

गत असार ११ गते मन्त्रालयले उनलाई विभिन्न अरोप लगाउँदै ९ बुँदे स्पष्टीकरण सोधेको थियो। सामाजिक सञ्जालमार्फत स्पष्टिरकण सोधिएको भन्दै उक्त स्पष्टीकरणको जवाफ आफूले दिन नसक्ने उनले सामाजिक सञ्जालमार्फत नै जवाफ फर्काएका थिए।

उनले मन्त्रालयले सोधेको स्पष्टीकरण फिर्ता नगरेसँगै मन्त्रालय थप आक्रामक बनेको हो।

मन्त्रालय र उड्डयनका अधिकारीले नेपाललाई कालोसूचीबाट हटाउन युरोपियन युनियनले प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा अलग्याउनुपर्ने सर्त राखेको बताइरहेका छन्।

तर प्राधिकरण महानिर्देशक अधिकारीले युरोपियन युनियनबाट प्रधिकरणलाई टुक्र्याउन कुनै आधिकारिक डकुमेन्ट नआएको बताउने गरेका छन्।

प्राधिकरणलाई अलग नबनाउन महानिर्देशक अधिकारी आफैँ चलखेलमा लागेको आरोप मन्त्रालयले लगाएको छ।

त्यस्तै, विराटनगर, नेपालगन्जलगायत स्थानमा रहेका विमानस्थलको टर्मिनल भवन निर्माण अघि बढाउन लगाएका मन्त्री किराँती नागरिक उड्डयनलाई नियामक र सेवा प्रदायक निकायका रुपमा अलग गराउने कुरामा अधिकारी तयार नभएपछि रुष्ट छन्।

स्रोतका अनुसार उनी विरुद्ध सम्पत्ति शुद्धिकरण र अख्तियारमा समेत भ्रष्टारविरुद्धको मुद्दा लगाउने तयारी छ।
पर्यटनमन्त्री किराँतीले सोही विषयमा रहेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गरेका छन्। स्रोतका अनुसार मंगलबार बिहान प्रधानमन्त्रीसँग मन्त्री किराँतीले महानिर्देशकलाई प्रष्टिकरण सोधिएकोबारे जानकारी गराएका थिए।

जवाफमा प्रधानमन्त्रीले भनेका छन्, ‘सुशासनको पक्षमा पछि हट्दनौं, जनतालाई दुःख दिने, अनियमितता गर्ने, राज्यलाई ठग्ने जो सुकैलाई कारबाही गर्न नडराउनू भन्नुभएको छ।’

सरकारले २०७८ माघ २१ गते अधिकारीलाई उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गरेको थियो । त्यतिबेला पनि एघारौं तहका धेरै बरिष्ठलाई पछि पार्दै माधव नेपालको आर्शिवादमा उनी महानिर्देशक नियुक्त भएका थिए । नागरिक उड्डयनका चोलेन्द्र भनेर समेत अधिकारी चर्चित रहेको त्यहींका कर्मचारीहरु बताउंछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu