ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घोराही सिमेन्टको आईपीओ छलीमा एनआईसी बैंकको मिलिभगत, छानबिन गर्ने धितोपत्र बोर्डको निष्कर्ष


एबीसी न्यूज
२० असार २०८०, बुधबार   ९ : ३१   बजे

काठमाडौं २० असार । घोराही सिमेन्टको सार्वजनिक निष्कासन(आइपीओ)मा छलीमा एनआईसी एशिया बैंकसमेत मुछिएको छ । धितोपत्र बोर्डको छानबिनको क्रममा एनआईसी एशिया बैंकको मिलोमतोमा सर्वसाधारणलाई भ्रम पार्न खोजेको देखिएको छ ।
आस्वा सदस्य एनआईसी एशिया बैंकले आवेदकको खातामा पैसा पर्याप्त नभए पनि आवेदक स्वीकृत गरेको बोर्डको छानबिनमा देखिएको छ । “खातामा पैसा नभए पनि एनआईसी एशिया बैंकले आवेदन स्वीकृत गरेको विषय छानबिन गर्नुपर्ने देखिएको छ,” बोर्डले आफ्नो प्रतिवेदनमा भनेको छ ।

घोराही सिमेन्टको मुख्य लगानीकर्ता त्रिवेणी ग्रुप र विशाल ग्रुप हो । एनआईसी एशिया बैंक पनि मुख्य लगानीकर्तामा विशाल ग्रुप र त्रिवेणी ग्रुप नै रहेको छ । यसले घोराही सिमेन्टको आइपीओ महंगो मूल्यमा बेच्नको लागि संगठित रुपमा प्रवर्धकले ठगी गर्न खोजेको आशंका दिएको छ । घोराहीको रेटिङ विशाल ग्रुप नै प्रवर्धक रहेको केयर नेपालबाट भएको थियो । विशाल ग्रुपले नियम विपरीत आफ्नो लगानी रहेको केयर नेपालबाट रेटिङ गराउने काम गरेको छ ।
बोर्डको खातामा पैसा नभए पनि ठूलो रकमको कित्ता परेका व्यक्तिलाई जालसाजीमा प्रहरीले अनुसन्धान गरेर मुद्दा चलाउन सक्ने सुझाव दिएको छ ।
घोराही सिमेन्टको आइपीओ आरक्षण हुने स्थानीय,कर्मचारी,सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेकाहरुले किनेका थिएनन् । घोराहीले १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेर ४३५ रुपैयाँमा आइपीओ निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu