ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फलफूल खेतीे प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान


एबीसी न्यूज
२१ असार २०८०, बिहिबार   २ : २६   बजे
काठमाडौं, २१ असार । कालीकोटको तिलागुफा नगरपालिकाले फलफूल खेतीे प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकामा स्याउ र ओखरको राम्रो खेती हुने भएकोले ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न लागिएको हो ।
उक्त नगरपालिका कर्णालीकै राम्रो स्याउ र ओखर पकेट क्षेत्र भएका कारण ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा रहेका कृषिको अवस्था, किसान पहिचान र प्राथमिकता क्षेत्र पहिचान गरी आवश्यक रणनीति तयार गर्न कृषि गुरुयोजना निर्माण गरेर ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न थालिएको नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो । “नगरपालिकाभित्रको भू–बनोटको अध्ययन प्रतिवेदनबमोजिम गरिएको भू–उपयोग क्षेत्र वर्गीकरणका आधारमा कृषिमा आधुनिकीकरण र आधुनिक तरिकाले उत्पादन वृद्धि गर्ने नीति लिएका छौँ”, उहाँले भन्नुभयो, “खाद्यान्न, फलफूल र तरकारी बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न उन्नत जातको बीउ, आवश्यक स्रोत र सीप प्रदान गर्ने व्यवस्था गरिनेछ ।
फलफूल खेती प्रवर्द्धन गर्न ‘एक घर एक बगैँचा’ अभियानलाई सञ्चालन र यसका लागि किसानलाई आवश्यक प्राविधिक आर्थिक सहयोग प्रदान गर्न कार्याविधि बनाउने तयारी गरिएको नगर प्रमुख उपाध्यायले बताउनुभयो । “यहाँ स्याउ र ओखर धेरैै उत्पादन हुने भएकाले कृषकले उत्पादन गरेका वस्तुको संरक्षण र भण्डारण गर्न शीत गृह निर्माण गर्नेछौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्र उत्पादन हुने रैथाने प्राङ्गारिक बाली जस्तै स्याउ, ओखर, सिमी, मार्सी चामल, चिनु, कागुनु, जौ, मकै आदिलाई कृषकबाट नगरपालिकाले खरिद गरी बजारीकरणका लागि सुनिश्चित गर्ने तयारी थालेका छौँ ।”
‘एक घर पाँच फलफूलका बिरुवा’ कार्यक्रम लागू गरिएको नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । ‘एक घर, एक बगैँचा कार्यक्रममा त छँदैछ । त्योसँगै एक घर, पाँच फलफूलका बिरुवा कार्यक्रम लागू गरेका छौँ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार विकास र वातावरणबीच सन्तुलन कायम राख्न नगरपालिकाको लगानीमा हुने भौतिक पूर्वाधार निर्माणमा अनिवार्यरुपमा विरुवा रोप्नुपर्ने नीति बनाएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu