ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको राजीनामा कल्पना पनि गर्न सकिँदैन : माके प्रमुख सचेतक पाण्डे


एबीसी न्यूज
२१ असार २०८०, बिहिबार   ३ : १३   बजे

 

काठमाडौँ २१ असार । नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न पनि नसकिने बताएका छन् । बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले दिएको अभिव्यक्तिका बारेमा संसदमा आफ्ना धारणा राख्ने र भावनात्मक विषयवस्तुलाई अर्कै प्रसंगमा बोलिएका व्यक्तिगत कुरालाई लिएर सदन अवरुद्ध गर्नु उचित नभएको बताए ।

‘प्रधानमन्त्रीज्युले राजीनामा गर्नुपर्छ भन्ने कुरा आयो, त्यो त कल्पना पनि गर्न सकिँदैन । उहाँले के भन्नुभएको हो भन्नेबारेमा प्रधानमन्त्रीज्युले संसदमा आफ्ना विषयवस्तु राखिहाल्नुहुन्छ’ पाण्डेले भने, ‘यो एउटा भावनात्मक विषयवस्तु कतै अर्कै प्रसंगमा व्यक्तिगत कुरा त्यो पनि धेरै वर्ष पहिलाको कुरा ल्याएर जसरी गरियो, यो बेठिक कुरा हो ।’

उनले बाहिरको विषयवस्तुलाई संसदमा ल्याएर एकैपकट प्रधानमन्त्रीको राजीनामा माग्नु नौलो कुरा भएको बताए । पाण्डेले भने, ‘सदनमा प्रधानमन्त्रीले आफ्ना कुरा राख्ने, प्रधानमन्त्रीले के भन्नुभएको थियो भन्ने विषयवस्तु नआइकन एउटा कहीँ भएको विषयवस्तुलाई एकै पटक संसदमा ल्याएर राजीनामा माग्ने अनौठो कुरा भयो । यसबारेमा प्रधानमन्त्रीले बोल्ने संसदमा, प्रधानमन्त्रीले संसदमा बोल्न नपाउने भए कसले पाउने हो ।’

प्रमुख सचेतक पाण्डेले प्रधामन्त्रीले संसदमा आफ्ना कुरा राख्न नपाउने भए कसले पाउने हो रु भन्दै प्रश्न समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu