ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संखुवासभामा पहिरोबाट सिङगो गाउँ नै चिराचिरा (भिडियो)


एबीसी न्यूज
२२ असार २०८०, शुक्रबार   ९ : ४१   बजे

संखुवासभा। पूर्वी पहाडी जिल्लासंखुवासभाको चैनपुर नगरपालिका वडा नं. ४ को प्याङ्कोट, हात्तिखर्क गाउँ निकै दुर्गम मानिन्छन् । सोही गाउ गत असार २ गते अविरल बर्षापछि आएको पहिरोबाट सिङगो गाउँ नै चिराचिरा परेको छ । मानवीय क्षति नभए पनि पहिराकोे उच्च जोखिम यथावत नै रहेपछि गाउँका १६ घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवार हाल अस्थायी रुपमा गाउँकै सामुदायिक भवनमा बसोबास गर्दै आएका छन् । हाल सम्म प्याङकोटमा स्थानीय, प्रदेश र संघीयका सरकारका कुनै पनि प्रतिनिधि पात्रहरुले अनुहार देखाएका छैनन । उनिहरुको हार गुहार सुन्ने सरकारी अनुहार नदेखिँदा स्थानीयमा थप पीडा र संसय पैदा भएको छ ।

दिउँसोभरी घर फर्किएर सामान्य काम गर्ने र छिट्टै बेलुकीको खाना खाएर सुरक्षित स्थानमा रहेको सामुदायिक भवनमा सबै गाउँलेहरु सुत्न भेला हुने गरेका छन् । दिउँसोको समयमा पहिरो गएको थाहा हुने तर, रातको समयमा केही थाहा नपाइने भएकाले उनीहरु सुरक्षित स्थानमा बास खोज्ने गरेको बताउँछन् ।

तर, पहिरोको जोखिमबाट विस्थापित भएका प्याङकोट वासिलाई कसैको सहयोग जुट्न भने सकेको छैन । मानवीय क्षति नभए पनि कुन बेला के हुने हो भन्ने केही भर नभएको स्थानीयको गुनासो छ । गाउँ फर्किएर आफ्नै घरमा सुत्न र कामगर्न पनि उनीहरु डराई रहेका छन् । बर्खाको समयमा निरन्तर बर्षा भइरहेको छ, कति बेला गाउँनै बगाउने हो केही ठेगान नभएको स्थानीय बताउँछन् ।

प्याङकोटको दर्दनाक अवस्थाका बारेमा जानकारी पाएपछि संखुवासभा इसाई समाज सो ठाउँमा पुगेको थियो । सोमबार उक्तगाउँका १६ घरपरिवारलाई संखुवासभा इसाई समाजले सहयोग गरेका छन् । १६ घरपरिवारलाई खाद्यान्न र ओढ्ने कपडा वितरण गरेको हो । विभिन्न चर्चमण्डली लगायत देशविदेशमा रहेकाहरुबाट ८० हजार बराबरको सामाग्री संकलनगरि घटनास्थलमा नै पुगेर स्थानीयलाई वितरण गरिएकोे संखुवासभा ईसाई समाजका अध्यक्ष लाक्पाछिरिङ शेर्पा बताउँछन् ।

यता पहिरो विस्थापितहरु यस्तै दातृसंस्थाहरुको सहयोगले हालसम्म टरिरहेको बताउँछन् । सरकारी निकायले नहेरेपनि सहयोगी मनहरुले सहयोग गरेपछि खुसी लागेको स्थानीयको भनाइ छ । प्याङकोटभन्दा माथिल्लो भुभाग जरिबुटे करिब ३ हजार मिटर बढि उचाइमा पर्छ । तलको सेवाखोलाको उचाई करिब १६ सय मिटर रहेको छ । पहिरो गएपछि केही दातृ संघसंस्थाले हालसम्म सहयोग गरिरहेका छन् । विस्थापित परिवारहरु हालसम्म पनि पालमुनि रात काटिरहेका छन् । पहिरोले अलैंची खेती, मकै र कोदाबारीहरु बगाएको छ ।

पहिरोको उच्चजोखिममा रहेको प्याङकोटको अवस्थाकाबारे स्थानीय सरकारका जनप्रतिनिधीहरुले थोरै भएपनि चासो देखाउन आवश्यक छ । होइन भने स्थानीय जनताले स्थानीय सरकारबाट के आशा गर्ने ?

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

सम्बन्धित

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu