ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपक्षले अनावश्यक मुद्दामा बबन्डर गरे – प्रधानमन्त्री प्रचण्ड (भिडियो)


एबीसी न्यूज
२२ असार २०८०, शुक्रबार   १० : ११   बजे

काठमाडौ, । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिले राजनीतिक तरंग पैदा गरेको छ  । विपक्षी दलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक मुद्दा बनाएर राजीनामाको माग उठाएको छ । प्रधानमन्त्री प्रचण्डले भने पूर्वाग्रही र विक्षिप्त देखिएको विपक्षले अनावश्यक मुद्दामा बबन्डर गरेको टिप्पणी गरेका छन्  । यता सत्ता गठबन्धनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने निस्कर्ष निकालेको छ । बिहीबार बसेको सक्ता गठबन्धनको बैठकले कुनैबेलाको प्रसंगमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको हो ।

असार १८ गते प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितमले धेरैपटक दिल्ली धाएको र नेपालका नेताहरूसँग पनि कुराकानी गरेर मनाउने कोसिस गरेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री प्रचण्डले उक्त कार्यक्रममा दिएको अभिव्यक्तिले राजनीतिक तरंग पैदा गरेको छ  । विपक्षी दलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक मुद्दा बनाएर राजीनामाको माग उठाएको छ । प्रधानमन्त्री प्रचण्डले पूर्वाग्रही र विक्षिप्त देखिएको विपक्षले अनावश्यक मुद्दामा बबन्डर गरेको टिप्पणी गरेका छन्  ।

उक्त अभिव्यक्तिको असर संसद्मा पनि परेको छ । एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिमा भारतले प्रधानमन्त्री बनाएको आसय झल्किएको भन्दै उनको राजीनामा मागीरहेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले देशको स्वाभिमान गिरेको र सार्वभौम संसद्को अपमान गरेको भन्दै एमालेले राजीनामा नआएसम्म सदन अवरोध जारी राख्ने निर्णय लिएको छ  । बुधबार एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डको पछिल्लो अभिव्यक्तिले जनादेशको अपमान गरेको निष्कर्ष निकाल्दै राजीनामा नआएसम्म सदनको अवरोध जारी राख्ने निर्णय गरेको थियो । लगत्तै एमालेले नाराबाजीसहित सदन अवरोध गरेको थियो । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमाले, रास्वपा, राप्रपा, नेमकिपालगायत दलले बुधबार दुवै सदन अवरुद्ध गरे  । बिहीबार पनि नेकपा एमालेले राष्ट्रिय सभाको वैठक अवरुद्ध गरेपछि शुक्रबारका लागि सारिएको छ । अवरोधका कारण राष्ट्रिय सभा र प्रतिनिधिसभा दुई दिनका लागि स्थगित भएको छ  । दुवैै सदनमा विपक्षी सांसदले विवादित अभिव्यक्तिका लागि प्रधानमन्त्रीले राजीनामा दिएर माफी माग्नुपर्ने धारणा राखेका थिए । यता सत्ता गठबन्धनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने निस्कर्ष निकालेको छ । बिहीबार बसेको बैठकले कुनैबेलाको प्रसंगमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको हो । बैठकपछि नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु असंसदीय भएको निस्कर्ष गठबन्धनको रहेको बताए । उनले बैठकमा गठबन्धनका दलहरुको छलफलबाट राजीनामा दिनु नपर्ने निस्कर्ष निकालिएको जानकारी दिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न पनि नसकिने बताए । सत्तारुढ दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्डले आफूले दिएको अभिव्यक्तिका बारेमा संसदमा आफ्ना धारणा राख्ने र भावनात्मक विषयवस्तुलाई अर्कै प्रसंगमा बोलिएका व्यक्तिगत कुरालाई लिएर सदन अवरुद्ध गर्नु उचित नभएको दाबी गरे । साथै उनले बाहिरको विषयवस्तुलाई संसदमा ल्याएर एकैपकट प्रधानमन्त्रीको राजिनामा माग्नु नौलो कुरा भएको बताए ।

तर यता सत्तागठबन्धनकै सांसद एवं कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रचण्डको अभिव्यक्ति गलत भएको बताए । प्रचण्ड संसद्बाटै प्रधानमन्त्री भएको उल्लेख गर्दै शर्माले प्रधानमन्त्रीले संसद्प्रति राख्ने सम्मान भुल्न नहुने बताए । प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहबारे आफूले बोलेको विषयलाई उचालेर विपक्षीले बबन्डर गर्न खोजेको बताएका छन्  । विपक्षीहरू पूर्वाग्रही र विक्षिप्त भएको भन्दै उनले आफू आफ्नो मिसनमा अगाडि बढ्ने बताए । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद् अवरोध गरेपछि मिटरब्याज समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेश स्वतः निष्क्रिय भएको छ । अध्यादेश निष्क्रिय भएपछि सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप छ । प्रतिनिधिसभाले बुधबार पारित गरेर राष्ट्रिय सभामा सन्देशसहित पठाउने र राष्ट्रिय सभा अध्यक्षले प्रमाणित गरी साँझ नै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनुपर्ने थियो । तर, दुवै सदनमा विपक्षीहरूको अवरोधले विधेयक पारित हुन नसक्दा मिटरब्याजपीडितलाई न्याय दिन सरकारले ल्याएको अध्यादेशले निरन्तरता पाउन नसकेको हो । बोलीकै कारण पटकपटक विवादमा मुछिएका प्रधानमन्त्री प्रचण्डले आफ्नो बोलीको दीर्घकालीन प्रभावका विषयमा निकै सोचेर मात्रै सार्वजनिक अभिव्यक्ति दिनुपर्ने विज्ञहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group