ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीका नवनियुक्त मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण, मुख्यमन्त्री नियुक्ति विवाद यथावतै


ABC NEWS
२२ असार २०८०, शुक्रबार   ११ : ३६   बजे

विराटनगर २२ असार । कोशी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ ग्रहण गसाएका हुन् ।

तीन जना मन्त्री नियुक्त गरेर प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिने मुख्यमन्त्री थापाको तयारी थियो । तर मन्त्रीका लागि माओवादीमा विवाद भएपछि थापाले मुख्यमन्त्रीमा निर्धारित समयभन्दा एक घन्टा ढिलो शपथ ग्रहण गरेमा थिए ।

माओवादीले मन्त्रीका लागि नाम सिफारिस नगर्नुका साथै शपथ ग्रहण कार्यक्रममा उपस्थित पनि नभएपछि मुख्यमन्त्री थापाले कांग्रेसले प्रदीपकुमार सुनुवार, नेकपा ९एकीकृत समाजवादी० का कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को कार्य विभाजनपछि हुने जनाएको छ ।

माओेवादी केन्द्रका जीवन आचार्यलाई मन्त्री नियुक्त गरी शपथ ग्रहणको तयारीमा रहेका बेला माओवादीमा विवाद चर्केकोले शपथ ग्रहणमा उपस्थित नभएको एक प्रदेश सांसदले बताए । माओेवादीका आचार्य प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाइँ हुन् । यसअघि पनि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा आचार्य पर्यटन, वन तथा वातावरणमन्त्री भएको भन्दै अन्य सांसदहरूले विरोध गरेमा थिए । माओवादीमा आचार्यलाई मन्त्री बनाउन नहुनेको संख्या बढी भएकाले विवाद भएको एक प्रदेश सांसदले बताए ।

थापाले गठबन्धनमा रहेका प्रत्येक दलबाट एक–एक जना मन्त्री नियुक्त गरेर मन्त्रिमण्डल गठन गरी शपथ ग्रहण गर्ने तयारी गरेका थिए तर जनता समाजवादी पार्टीले पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएपछि दुई जना मन्त्रीसहित तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संवैधानिक व्यवस्थाविपरीत कांग्रेस नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै चौतर्फी विरोधकाबीच शपथ ग्रहण गराइएको हो ।

संविधानको धारा १६८ को उपधारा ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा थापालाई प्रदेश प्रमुखले नियुक्त गरेका छन् । तर गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई प्रदेशसभा सदस्यको हैसियतमा हस्ताक्षर गराएर सरकार गठनका लागि बहुमत पुर्‍याउनु संवैधानिक व्यवस्था विपरीत भएको भन्दै चोतर्फी आलोचना भइरहेको छ ।

एमाले संसदीय दलले संवैधानिक व्यवस्था विपरीत प्रदेश प्रमुखले मुख्यमन्त्रीमा थापालाई नियुक्त गरेकोविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेर कानुनी उपचार खोज्ने तयारी गरेको छ ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखबाहेक १२, नेकपा ९एकीकृत समाजवादी०का ४, जनता समाजवादी पार्टीको एक र प्रदेशसभा सदस्यको हैसियतमा सभामुख बाबुराम गौतम गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गरेका थिए ।

एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक मतको अभावमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङले आइतबार सरकार गठनका लागि दाबी पेस गर्न बिहीबार साँझ ५ बजेसम्मका लागि समय दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

सम्बन्धित

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu