ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरि पशुपतिमा भेटियो ४३ तोला सुन


एबीसी न्यूज
२२ असार २०८०, शुक्रबार   २ : ४०   बजे

 

काठमान्डौ २२ असार
शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको गर्भगृहमा स्थापित जलहरीमुनिको भागमा थप ४३ तोला सुन भेटिएको छ।

जलहरी राखिएको गर्भगृहको भुइँको भाग खोतलेर बढार्ने क्रममा उक्त परिमाणको सुन भेटिएको हो।

पशुपति क्षेत्र विकास कोषका निर्देशक डा। घनश्याम खतिवडाले सुन खोज्ने क्रम जारी रहेको नेपालखबरलाई बताए। तर उनले कति परिमाणमा थप सुन भेटिएको विषयमा खुलाउन चाहेनन्।

‘केही सुन जहलरीमुनिको भागमा सफाइ गर्ने क्रममा भेटिएको छ। तर कति परिमाण हो भन्ने अहिले एकिन भइसकेको छैन’, उनले नेपालखबरलाई भने, ‘हामी खोजबिन गरिरहेका छौँ। भरेसम्म कति परिमाण भन्ने एकिन हुन सक्छ।’

पशुपतिको गर्भगृहमा लगाइएको १०७ केजी ९२४।७४ ग्राम सुनबराबरको जलहरीको हिसाब अझै मिल्न सकेको छैन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा लगाइएको सुनको जलहरीको हिसाब नमिलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ।

अख्तियारले जलहरी निकालेर जोख्दा करिब आधा केजी सुन नपुगेको पाइएको थियो। तर त्यसअघि नेकपा माओवादी केन्द्रका सांसदहरुले जहलरीको १० केजी सुन गायब गरेर भ्रष्टाचार गरिएको आरोप लगाएका थिए।

जलहरीमा प्रयोग भएको सुनको हिसाब नमिलेपछि अझै खोजबिन भइरहेको छ। त्यहीक्रममा गर्भगृहबाट थप ४३ तोला सुन निकालिएको हो।

गत साता मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, पुरातत्व विभाग, गुठी संस्थान र सुन चाँदी व्यवसायी संघका प्रतिनिधिलाई राखेर जलहरीको सुन जोखेको थियो। त्यसबेला करिब आधा केजी सुन अपुग पाइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group