ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धनले चुनौती मात्र किन दिने ठाउँ तोकेर बोलाए हुन्छ, एमाले भिड्न तयार छ : अध्यक्ष ओली


ABC NEWS
२२ असार २०८०, शुक्रबार   ३ : ३१   बजे

काठमाडौं २२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको चुनौती स्वीकार गर्दै प्रति चुनौति दिएका छन् ।

गत सोमबार एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ । सत्ता गठबन्धनले भने राजीनामा माग्ने एमालेको कदम नै असंवैधानिक भएको ठहर गरेको छ र, संसद फेस गर्ने निर्णय गरेको छ ।

शुक्रबार स्ववियू काउन्सिलको बैठकमा एमाले अध्यक्ष ओलीले सत्ता पक्षले वार्ता सम्वाद गर्नुको साटो संसदमा सामना गर्छौं भनेको बताए । ‘हिजो बिहान गठबन्धनको बैठक बस्यो र उनीहरूले मसल देखाएर आह्वान गरे पार्लियामेन्टमै भेटौंला आऊ’ उनले भने, ‘अब प्रतिपक्षले त के गर्ने ? भेटौंला भनेपछि ठीक छ ।’

उनले अगाडि थपे, ‘प्रतिपक्षको तर्फबाट म मसिनो स्वरमा नम्रताका साथ भन्न चाहन्छु, पार्लियामेन्टमा मात्र होइन, जहाँ भन्छ त्यहाँ हामी तयार छौं । स्पट तोकेर बोलाए हुन्छ ।’

हालै स्ववियू चुनावमा उनीहरूको गठबन्धनलाई उत्तानो पारेको मात्र होइन, तीन पल्ट ड्याप, ड्याप, ड्याप ठोकेको भन्दै ओलीले फेरि पनि चुनौती स्वीकार गर्ने बताए ।

सरकारले उन्मादको भाषा बोलेको र अहंकारी व्यवहार देखाएको उनको आरोप छ । ‘सरकार संविधान विपरीतको व्यवहार गर्न चाहन्छ, धम्कीको भाषामा देशलाई लतारेर मानसिक दासतामा दबोच्न चाहन्छ’ ओलीले भने, ‘यो स्वाभिमानी देश त्यसो गर्न तयार छैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu