काठमाडौँ २२ असार । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको नयाँ आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबीसमेत गरे । यसबारेमा अहिलेसम्म कुनै चर्चा भएको थिएन ।
भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रूपमै भेटेको र कुनै कुरा नलुकाएको समेत दाबी गरे । तर त्यतिबेला प्रधानमन्त्री रहेका ओलीले पनि भारतको जासुसी संस्था रअका प्रमुख सामन्त गोयलसँगको भेटबारे जानकारी गोयल दिल्ली फर्केको तीन दिनसम्म गोप्य नै राखेका थिए ।
२०७७ साल कात्तिक ५ गते सुटुक्क काठमाडौं आएका गोयलले तत्कालीन प्रधानमन्त्री ओलीसहित कस–कसलाई भेटे भन्ने त्यतिबेला पनि सरकारले कुनै जानकारी गराएको थिएन । परराष्ट्र मन्त्रालयले समेत गोयलको नेपाल भ्रमण बारे अनभिज्ञता जाहेर गरेको थियो । ओलीलाई भेटेर गोयल फर्किएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले एउटा नोट जारी गरेर सामन्त गोयलले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट गरेको सार्वजनिक गरेका थिए । त्यसले यो भ्रमणलाई झन् चर्चामा ल्यायो। भ्रमणको उद्देश्यदेखि प्रोटोकलसम्मका प्रश्न उठेका थिए । सामन्त गोयलसँगको भेटवार्तामा ओलीले संसद विघटन गरेको विपक्षी दलहरुले ओलीलाई आरोप लगाउंदै आएका छन् ।
रअ प्रमुख सामन्त गोयलले बालुवाटारमा मध्य राती आलीलाई भेटेको विस्तृत घटनाक्रम बारे बीवीसी नेपाली सेवाले यस्तो समाचार लेखेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय रअका प्रमुखको भेटबारे नेकपा ‘अनभिज्ञ’, अब ‘छलफल हुने’
रअ प्रमुख सामन्त गोयल कोरोना महामारीका बेला भएको गोप्य भेटका बारेमा व्यापक आलोचना भएको थियो । त्यसबारेमा कान्तिपुर दैनिकले आपत्तिजनक रबैया भन्दै यस्तो समाचार टिप्पणी लेखेको थियो ।
प्रतिपक्षी दलका नेता अोलीले पटक पटक भ्रष्टाचार प्रकरणमा एमालेलाई जोडेको भन्दै प्रचण्डले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहितका पक्षमा कुनै कुरा नगरेको आरोप लगाएका छन् । विहीबार नेकपा माओवादीका प्रवक्ता कृष्णबहादुर महराले वक्तव्य मार्फत ओलीले रअ प्रमुख सामन्त गोयलसँग राती बालुवाटारमा भेटेर संसद विघटन गरेको आरोप लगाएका थिए ।
मध्यराति सामन्त गोयल भेट्नेहरूले हल्ला नगरेको राम्रो : माओवादी केन्द्र
ओलीले अझ अघि बढेर भने – ‘जे कुरामा पनि नेकपा एमालेलाई दोषी देखाउने काममा लागेको छ । भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भनेँ, नेपालमा आएर भेटेँ, मैले सार्वजनिक रूपमा भेटेँ, कुरा गरेँ, यस पटक प्रचण्डजी दिल्ली जानुभयो, उनको निवासमा गएर लुकेर भेट्नुभयो । गोप्य मन्त्रणा गरेर आउनु भयो । मैले त्यस्तो गोप्य मन्त्रणा गरेको होइन, वहाँ गएर भेटेको होइन । मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएको हो । जनताको हितको पक्षमा कुरा गरेँ, अहित केही कुरा गरिनँ, उहाँले देशको हितको पक्षमा कुन शब्द उच्चारण गर्नुभयो, के भन्नुभयो, भेटेको कुरा पनि स्वीकार्न सक्नुहुन्न उहाँ,’ ओलीले भने ।
प्रधानमन्त्री प्रचण्डले रअ प्रमुखसँग भेटे भन्ने ओलीको नयाँ आरोप र उनको प्रधानमन्त्री रहेका बखतको आफ्नै अनुभवका आधारमा बताएको माओवादी उपाध्यक्ष पम्फा भुसालले बताइन् । नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका बेला हरेक प्रधानमन्त्रीसँग रअ प्रमुखले भेट्ने गरेको नयम नबताउने शर्तमा एकजना पूर्व परराष्ट्रमन्त्रीले एबीसीलाई बताए । ओलीको दुई पटकको प्रधानमन्त्रीत्वकालमा भारत भ्रमण हुँदा रअ प्रमुखलाई भेटेको हुनाले त्यही आधारमा उनले प्रचण्डले पनि भेटेको हुनसक्ने ती मन्त्रीको विश्लेषण छ ।
संसद्मा स्पष्टीकरणको मौकासमेत नदिई एमालेले भावनात्मक अभिव्यक्तिलाई बंग्याएर राजनीतिकरण गर्नु दुःखद् : प्रम सचिवालय
ओलीको प्रितमसिंह भारत नगएको दावी
ओलीले भारतीय व्यवसायी प्रितम सिंह भारत नगई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे झुटो बोलेको समेत सोही कार्यक्रममा बताएका छन्। अध्यक्ष ओलीले बिनाकारण प्रितम सिंहलाई मुछेको भन्दै प्रितम प्रति सहानुभूति देखाएका छन् । विहीबार देखिनै सामाजिक सन्जालमा ओली र प्रितम सिंह वीच समेत पटक पटक भेट भएका तस्वीर सार्वजनिक भइरहेका छन् ।‘उहाँ(प्रधानमन्त्री)ले एउटा मित्रराष्ट्रले दिल्लीले हामीकहाँ कोही आएको भनेको छैन। प्रितम सिंहले पत्रकार सम्मेलन गरी गरी दिल्ली गएको छैन भन्नुहुन्छ। प्रितम सिंहलाई पनि उहाँले मुछ्नु भयो,’ ओलीले भने, ‘प्रितम सिंह दिल्ली नै जानुभएको छैन, तर उहाँले जानुभएको छ भनेर झुट बोल्नुभयो।’
मित्रराष्ट्र भारतले नेपालमाको सरकार बनाउँछु नभनेको पनि उनलदे बताए। ‘त्यो भन्नु नेपालको सार्वभौमसत्ताविपरित हुन्छ त्यो भारतलाई थाहा छ। भारत भन्दैन तर नेपालको प्रधानमन्त्री भनिरहेका छन्, नेपालको सार्वभौमसत्ता नेपालको संसदमा छैन, नेपालका सांसदले सरकार बनाउने होइन दिल्लीले बनाउँछ, धेरै पटक मलाई प्रधानमन्त्री बनाउन जानुभएको छ,भनेका छ्’ ओलीले थप व्याख्या गरे ।
ओलीले प्रचण्डको भारतसँगको सम्वन्धको बेलीविस्तार लगाउँदे भने ‘उहाँले मान्छे लगाउनुहुन्छ, उहाँका छन् नि गुरिल्लाहरु टन्नै। तर म प्रचण्डजीलाई भन्न चाहन्छु, यस्ता कुराहरुको धाक हामीसँग नलाए हुन्छ।’
विहीबारको माओवादी प्रवक्ताको प्रेस विज्ञप्तीबाट ओली निकै उत्तेजित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्