ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरी समायोजनमा जान तयार छ : महानिरिक्षक कुँवर


एबीसी न्यूज
२२ असार २०८०, शुक्रबार   ८ : १८   बजे

 

काठमाडौं २२ असार । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी समायोजनमा जान तयार रहेको बताएका छन् ।

नेपाल प्रहरीको कार्ययोजना २०८० तथा आफ्नो ३ महिने कार्य अवधिको उपलब्धि सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै आईजीपी कुँवरले भने, ‘प्रहरी समायोजनको विषय ५ महिनाभित्र सक्ने गरी सरकारको नीति तथा कार्यक्रममा पनि आएकाले यो विषय प्रहरीको उच्च प्राथमिकतामा छ ।’

 

प्रहरी समायोजनमा जाँदा केन्द्रको शक्ति खुम्चिने भएकाले यसलाई अघि नबढाइएको आरोप प्रदेशका मन्त्रीहरुले लगाइरहेका छन् । शुक्रबारै गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि समायोजनको काम आफ्नै पालामा सक्ने बताएका छन् ।

तर, समायोजनमा जान प्रहरी नेतृत्व नै अनिच्छुक रहेको भन्दै प्रश्न उठेको थियो । त्यसक्रममा आईजीपी कुँवरले भने, ‘नेपाल प्रहरीले गर्ने भनेको राज्यको निर्देशनको कार्यान्वयन हो, प्रदेशबाट पनि यस विषयमा प्रेसर परेको छ । सम्भवतः यो काम तोकिएको समयमा पूरा हुन्छ भन्नेमा सचेत छौं ।’ त्यसका लागि प्रहरी प्रधान कार्यालयले आफ्नो तयारी समेत गरिरहेको उनले बताए ।

एक फरक प्रसंगमा आईजीपी कुँवरले अहिले संगठन सुधारका लागि उपयुक्त वातावरण रहेको बताए । ‘राजनीतिक नेतृत्वदेखि लिएर हरेक कुराले अहिले संगठन सुधारका लागि उपयुक्त समय छ’ उनले भने, ‘त्यसका लागि नेपाल प्रहरी कार्ययोजना, २०८० ल्याएर काम गरिरहेका छौं ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group