ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीकोटमा रुडुगाउँका ३ सयभन्दा बढी अज्ञात रोगबाट बिरामी


एबीसी न्यूज
२२ असार २०८०, शुक्रबार   ९ : १८   बजे

 

 

कालीकोट २२ असार । तिलागुफा १० रुडुगाउँमा अज्ञात रोग फैलिएपछि शुक्रबार जिल्ला अस्पताल मान्म र तिलागुफा नगर अस्पतालबाट खटिएका ३ चिकित्सकसहित ९ स्वास्थ्यकर्मीले ३ सय ११ बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेcका छन् ।

ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण भएको अज्ञात रोग गाउँमा फैलिएपछि तिलागुफा नगर र जिल्ला अस्पताल मान्मबाट चिकित्सकसहितको टोलीले शुक्रबार रुडु गाउँ पुगेर बिरामीको परीक्षण गरी औषधि वितरण गरेको हो ।

 

गाउँमा फैलिएको बिमारले बुधबार १३ वर्षीया बालिका कर्मा थापाको मृत्यु भएको थियो भने अन्य बिरामी परेका थिए । प्रयोगशालामा नजाँचिकन रोग यकिन गर्न नसकिने चिकित्सकको भनाइ छ ।

रोगले महादेव मावि रुडुका १ सय ३० सहित गाउँका अन्य गरी १ सय ७८ जना बिरामी परेको बिहीबार विद्यालयले नगरपालिका र जिल्ला सदरमुकाममा खबर पठाएको थियो ।

गाउँमा महामारी फैलिएको जानकारी आएपछि तिलागुफा नगरपालिकाबाट नगर अस्पतालका डा। टंकप्रसाद आचार्य, जिल्ला अस्पताल मान्मका डा। रामानन्द चौधरी, डा. डण्डप्रसाद नेपालसहितको स्वास्थ्यकर्मीको टोली शुक्रबार गाउँ पुगेको हो ।

‘गाउँभर बिरामी छन् । औषधि दिने काम भइरहेको छ,’ तिलागुफा नगर अस्पतालका डा. आचार्यले भने । उनले बेलुका ६ बजेसम्म ३ सय ११ जना बिरामीको परीक्षण गरेर औषधि दिएको भन्दै अझै बिरामीको भीड रहेको जानकारी दिए । शिविर शनिबार पनि संचालन हुनेछ ।

गाउँमा फैलिएको रोगको यकिन गर्न परीक्षणमा आएकामध्ये ९ जना बिरामीको रगतको नमूना संकलन गरेर सुर्खेत पठाइने स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले बताए ।

उनले अधिकांश बिरामीहरू महिला र बालबालिका रहेको जानकारी दिएका छन् । शुक्रबार १ सय ९४ महिला र १ सय १७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि दिइएको छ । जसमध्ये उपचार गर्न आउने १५ वर्षमुनिका बालबालिका २ सय ६ जना छन् । उनले भने बिरामी धेरै भए पनि नियन्त्रण बाहिर नरहेको सुनाउँदै सबै बिरामीमा एकै खालको लक्षण भएको बताए ।

यस्तै स्वास्थ्य शिविर संचालन भएको महादेव माविमा शुक्रबारदेखि पढाइ बन्द गरिएको प्रधानाध्यापक भरतबहादुर सिंहले बताए । उनका अनुसार शनिबार पनि विद्यालयमा स्वास्थ्य शिविर संचालन हुनेछ ।

सदरमुकाम मान्मबाट १८ कोष पूर्वदक्षिणतर्फ पर्ने रुडु गाउँ विकट मानिन्छ । सदरमुकाम र नगर अस्पताललबाट टोली बिहीबार खटिएको भए पनि शुक्रबार बिहान मात्र गाउँ पुगेको तिलागुफा १० का वडाध्यक्ष मुनबहादुर थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

सम्बन्धित

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu