ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिव शिखर बहुउद्देश्यीय सहकारीको ठगि प्रकरण (भिडियो)


एबीसी न्यूज
२३ असार २०८०, शनिबार   ११ : ५८   बजे

काठमाडौं । पछिल्लो समय खस्कँदो मुलुकको अर्थतन्त्रका कारण बजार चलायमान हुन नसक्दा अधिकांश सहकारी संस्थाहरुले बचतकर्ताहरुको लगानी समयमै फिर्ता गर्न सकिरहेका छैनन् । त्यस्ता सहकारीहरु नियमसँग चल्दाचल्दै पनि डुबेका छन् । तर कतिपय स्थानमा भने संचालकको नियतवस नै सहकारीका सदस्य एवं बचतकर्ताहरुलाई दिनदहाडै ठग्ने काम भइरहेको छ । सडकदेखि सदनसम्म सहकारीको विषय उठीरहेको छ । तर पनि सरकारले सहकारीको समस्या समाधानका लागि कुनै पहल गरेको देखिदैँन । सहकारीको वास्तविक समस्या पहिचान गरी समाधानका विषयमा राज्यको ध्यान जान सकेको छैन ।

शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा न्यौपाने सहकारीमार्फत ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा छन् । उनीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ । शर्माको सम्पत्ति नाटकीय ढंगले बढेको देखिएको भन्दै सीआईबीले छानबिनका लागि सम्पत्ति शुद्धीकरण विभागमा पत्र पठाएको छ । हालसम्म उनीविरुद्ध सीआईबीमा ३ सय ५० बचतकर्ताले उजुरी दिएका छन् । ३ सय ५० जनाको रकम जोड्दा ३३ करोड हुन आउँछ । सीआईबीको अनुसन्धानले सहकारीमा बचत भएको रकम भने १० अर्ब ७७ करोड देखाएको छ । उक्त सहकारीमा एक लाख ६८ हजार बचतकर्ता देखिएका छन्। सीआईबीले ८ अर्ब रकम हिनामिना गरेको देखिन आएको बताएको छ। सहकारीमा भएको ६ अर्ब २५ करोड ७ लाख ९९ हजार १ सय ८६ रुपैयाँ कम्पनी र सञ्चालकहरूले लिई हिनामिना गरेको सीआईबीको ठहर छ । ४८ वर्षे शर्मा २०५१ सालमा बाँकेको कोहलपुरमा ओम शिव स्टोर नामको किराना पसल चलाउँथे। उक्त किराना पसलमा उनले ४ लाख लगानी गरेका थिए । करिब ९ वर्ष बाँके नै बसेका शर्माले २०६० सालमा काठमाडौँको शान्तिनगरमा ४० लाख रुपैयाँ बराबरको किराना पसल सञ्चालनमा ल्याए । ०५१ सालमै उनले उपकार बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा बसेर काम गरेका थिए । ६५ सालसम्म उक्त सहकारीको समितिमा बसेका उनले त्यही वर्ष गोर्खा टी एण्ड कफी कम्पनी पनि खोले । यति मात्रै होइन, ६५ सालमा नै शर्माले शिव शिखर कृषि तथा अनुसन्धान केन्द्र स्थापना पनि गरे ।

यसमार्फत उनले कृषि औजार कारोबार सुरु गरे । ३५ वटा जिल्लामा यही शिव शिखर अनुसन्धान केन्द्रको शाखा पनि विस्तार गरे । ०६७ सालमा शिखर दीप सहकारीको अध्यक्ष पनि भए । ४३ वटा अन्य कम्पनी पनि खोलका उनको व्यवसाय झाँगिँदै गयो । र, २०७७ सालमा उनले शिखर दीप सहकारी र शिव शिखर कृषि अनुसन्धान केन्द्र मर्ज गरे । नेपालमा मात्रै उनको कारोबार सीमित भएन । भारतमा पनि थप व्यवसाय विस्तार गरे । भारतमा उनले गोदाम घर राखेको पनि खुल्न आएको छ । ४३ वटा कम्पनीमार्फत विविध कारोबार गर्दै आइरहेका शर्माको सम्पत्ति २९ वर्षमा अथाह देखिएको छ । ४ अर्ब रुपैयाँ विभिन्न ६ वटा बैंकबाट उनले ऋण लिएको देखिन्छ । सहकारीको नाममा उनले काठमाडौँ, भक्तपुर, ललितपुर चितवन र मकवानपुरलगायत ठाउँमा १ सय ७९ रोपनी जग्गा जोडे । त्यस्तै शर्माले अन्य कम्पनीका नाममा पनि १ सय ७१ रोपनी जग्गा किनेको देखिएको छ ।

तीन सय वटा सवारी साधनसमेत उनको कम्पनीको नाममा देखिएको छ । यी सबै सम्पत्तिको विद्यमान बजारमूल्य २२ अर्ब बराबर हुन आउने सीआईबीले मूल्यांकन गरेको छ । सहकारीले एकै व्यक्ति दुई सहकारीको अध्यक्ष हुन नपाइने नियम ल्याएपछि पनि तुलसी बहुउेश्यीय सहकारीका पनि अध्यक्ष थिए केदारनाथ शर्मा । तुलसीमा पनि एक अर्ब ४९ करोड बराबरको रकम हिनामिना गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । झापा, मोरङ, सुनसरी र उदयपुरमा शाखा कार्यालय रहेको सहकारीको रकम दुरुपयोग गरेको उनलाई आरोप लागेको थियो ।

१० हजारभन्दा बढी बचतकर्ताको रकम दुरुपयोग गरेको आरोप लागे पनि मोरङ प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । नेपालभन्दा धेरै भारत बस्दै आइरहेका शर्मालाई पक्राउ गर्न मोरङ प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो । पछिल्लो समय खस्कँदो मुलुकको अर्थतन्त्रका कारण बजार चलायमान हुन नसक्दा अधिकांश सहकारी संस्थाहरुले बचतकर्ताहरुको लगानी समयमै फिर्ता गर्न सकिरहेका छैनन् । त्यस्ता सहकारीहरु नियमसँग चल्दाचल्दै पनि डुबेका छन् । आर्थिक मन्दीको अवस्थामा सबै बचतकर्ताहरुले एकैपटक बचत फिर्ता गर्न नसक्नु स्वभाविक नै हो यस्तो अवस्थामा बचतकर्ताहरुको पनि संयमिताको अभाव देखिन्छ । तर कतिपय स्थानमा भने संचालकको नियतवस नै सहकारीका सदस्य एवं बचतकर्ताहरुलाई दिनदहाडै ठग्ने काम भइरहेको छ । सडकदेखि सदनसम्म सहकारीको विषय उठीरहेको छ । तर पनि सरकारले सहकारी समस्या समाधानका लागि कुनै पहल गरेको देखिदैँन । यसतर्फ सरकारको ध्यानाकर्षण हुन आवश्यक छ । पछिल्लो समय देखिएको सहकारीको वास्तविक समस्या पहिचान गरी समाधानका विषयमा यथाशिघ्र पहल हुनु आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

सम्बन्धित

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu