ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललिता निवास प्रकरण कहाँ पुग्यो ? (भिडियो)


एबीसी न्यूज
२३ असार २०८०, शनिबार   १२ : ११   बजे

काठमाडौं, । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भूतपूर्व उच्च अधिकारीसहित विभिन्न व्यक्तिहरूलाई पक्राउ गर्ने अनुमति लिएको खबरले ललिता निवास जग्गा प्रकरण पुनः चर्चामा आएको छ । सरकारी जग्गा हिनामिना प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री रहेको समयका ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भने पक्राउ परेका भाटभटेनी सुपरमार्केट सञ्चालक गुरुङ, पूर्व निर्वाचन आयुक्त शाह लगायतको रिटमा सर्बोच्चले विपक्षीलाई पनि सँगै राखेर सुनुवाइ गर्ने आदेश दिएको छ ।

बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेलाका ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा संलग्न तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको हो । ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७ पूर्वसहसचिवसहितका कर्मचारी जोडिएका छन । उनीहरूविरुद्ध पनि यसअघि नै पक्राउ पुर्जी लिइएको प्रहरीले जनाएको छ । त्यसमध्येका एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन । अदालतबाट अन्तरिम आदेश लिएकाले तत्कालीन सहसचिव कलाधर देउजालाई कागज गराएर छाडिएको छ । बाँकी आरोपितको खोजबिन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा संलग्नविरुद्ध मुलुकी ऐन २०२० र संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान अघि बढाइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितानिवास प्रकरणमा भइरहेको अनुसन्धान सरकारको पोलिटिकल स्टन्ट मात्र भएको दाबी गरेका छन् । ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेलको नाम नलिई उनका छोरालाई दोषी देखाउन खोजिएको भन्दै असन्तुष्टि समेत जनाए । ओलीले ललिता निवास प्रकरणमा सरकारले भ्रष्टाचार विरोधी देखिन पोलिटिकल स्टन्ट बाहेक केही नगर्ने बताए । एमालेले स्वच्छता, पारदर्शिता, कानुनीराज, लोकतान्त्रिक पद्धतीमा विश्वास गर्ने पनि जिकिर गरे ।

ओलीले आशंकासहित चुनौती दिएकै दिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोषी देखिने जोसुकैलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याइने दृढता व्यक्त गरे । गृहमन्त्री श्रेष्ठले आगामी दिनमा पनि भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम नलिने पनि बताए । भूतपूर्व उच्च सरकारी अधिकारीहरू र राजनीतिक नेतृत्वको पनि संलग्नता देखिएको भनिएकाले पनि ललिता निवास जग्गा प्रकरणको ताजा अनुसन्धानमा राजनीतिक प्रभाव पर्न सक्ने आशंका गरिएका बेला उनको भनाइ त्यसतर्फ लक्षित होकी भन्ने ठानिएको छ ।

यता, ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मिन बहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह लगायतको रिटमा सर्बोच्चले विपक्षीलाई पनि सँगै राखेर सुनुवाइ गर्ने आदेश दिएको छ । गुरुङ लगायतले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सिआइबीले भ्याकेट दर्ता गराएपछि सँगै राखेर सुनुवाइ गर्ने आदेश भएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले ललितानिवास प्रकरणमा सरकारी कागजात कीर्ते गरेको भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ लगायतका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।

सिआइबीले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको बताएपनि पक्राउ परेकाहरुले भने आफूलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । आरोपीले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएलगत्तै केन्द्रीय अनुसन्धान ब्यूरोले पनि सर्वोच्चमा उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्नाको कारणसहित भ्याकेट निवेदन दर्ता गराएको थियो । गुरुङ वादी रहेको रिटमा भ्याकेट निवेदन दर्ता गराएको सिआइबीलाई जानकारी दिएको नपाइएपछि अदालतले २४ घण्टाभित्र विपक्षीलाई जानकारी दिई इजलासमा पेश गर्न आदेश दिएको छ । शुक्रबार सर्वोच्चले यस्तो आदेश दिएपनि आदेश भने छिटोमा पनि आइतबार बिहान मात्रै प्राप्त गर्न सक्ने देखिएको छ । आइतबार बिहानबाट समयको सुरुवात भएपछि सोमबार मात्रै अदालतमा लिखित जवाफ पेश हुने भएकाले त्यसपछि मात्रै उनीहरुको रिट पेशीमा चढ्नेछ । यद्यपी, प्रहरीको गिरफ्तारीविरुद्ध अभियुक्तहरू अदालत पुगेका र पहिले नै अन्तरिम आदेश लिएर कतिपय पक्राउबाट जोगिएका बेला अनुसन्धानमा अड्चन देखा पर्ने आकलन पनि हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

सम्बन्धित

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu