ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपर कर्णालीको अवधि थप्ने जीएमआर पक्षको सर्वोच्चको फैसला त्रुटिपूर्ण : चित्रबहादुर केसी


एबीसी न्यूज
२३ असार २०८०, शनिबार   ५ : ३५   बजे

 

काठमाडौं २३ असार । राष्ट्रिय जनमोर्चाले माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा भारतीय कम्पनी जीएमआरको म्याद थप गर्ने सरकारको निर्णयलाई मान्यता दिने सर्वोच्च अदालतको फैसलाको विरोध गरेको छ ।

९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा ९ वर्षअघि भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ ९जीएमआर० ले पाएको थियो । तर समयमा लगानी जुटाउन नसकेको उक्त कम्पनीको म्याद सरकारले २०७९ असार ३१ गते पुनस् २ वर्षका लागि थप गरेको थियो ।

 

सरकारको उक्त निर्णय विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले शुक्रबार सरकारको निर्णय वैधानिक रहेको फैसला गरेको थियो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक विज्ञप्ति जारी गरी सरकारको निर्णय र सर्वोच्च अदालतको फैसला गलत रहेको बताएका छन् ।

‘लगानी जुटाउनका लागि जीएमआरलाई पटक पटक म्याद थप्ने सरकारको निर्णय र त्यसलाई वैधानिकता दिने सर्वोच्चले हालै गरेको फैसलाको हाम्रो दलले विरोध गर्दछ । उक्त दुइटै कार्य स्वयं जीएमआर कम्पनी र नेपाल सरकारका बीच भएको सम्झौताका विरुद्ध पनि रहेको छ’ उनले भनेका छन् । केसीले माथिल्लो कर्णालीमा विद्युत् उत्पादन गर्न जीएमआरसँग गरिएको सम्झौता तत्काल खारेज गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu