ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंक र वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउनेछन् : अर्थमन्त्री


एबीसी न्यूज
२३ असार २०८०, शनिबार   ५ : ५२   बजे

काठमाडौं २३ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउने बताएका छन् । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर असुल गरिरहेको गुनासाबीच उनले यस्तो आश्वासन दिएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको भन्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीतिमा यो विषय सम्बोधन भएर आउने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री डा. महतले कोरोनालगायत समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीलाई बैंकको ब्याजदर घट्दा ठूलो राहत हुने बताए ।
“यो अहिलेको जुन ब्याजदर छ, त्यो ज्यादा छ । त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु, सायद केही न केही सम्बोधन होला,” उनले भने, “त्यसले गर्दाखेरि यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ, केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ ।”
सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै उनले यहाँकै वस्तुको खपतमा जोड दिन आम उपभोक्तालाई आग्रह गरे ।
सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन चाहेको र सोहीअनुसारको व्यवस्था बजेटमा गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu