ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेश सरकारका अर्थमन्त्रीले भ्रष्टाचार गरेको भन्दै एमालेद्वारा संसद्‍बाट सभा अवरुद्ध


एबीसी न्यूज
२३ असार २०८०, शनिबार   ५ : ५७   बजे

 

 

जनकपुरधाम २३ असार । मधेश प्रदेशका अर्थमन्त्री संजय यादवले बजेट रकमान्तर गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै नेकपा एमालेका प्रदेश सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

प्रदेशसभा बैठक बस्नासाथ एमालेका सांसद लखन दासले स्थानीय तहमा पठाएको ससर्त अनुदान र आर्थिक वर्षको अन्तिममा विभिन्न मन्त्रालयबाट बजेट रकमान्तर गरी सर्लाहीमा मौत्र योजना पठाएको विषयमा मुख्यमन्त्री सरोज कुमार यादवले जवाफ दिनुपर्ने माग गरेका थिए ।

प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ नदिएसम्म प्रदेशसभाको बैठक चल्न नदिने सांसद दासले बताएपछि बैठक अवरुद्ध भएको हो ।

एमालेका प्रदेश सांसद दिपेन्द्र ठाकुरले आर्थिक मसान्तको अन्तिम समयमा बजेट रकमान्तर गरी अर्थमन्त्री र सरकारले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए । एमालेको सांसदहरु यसबारे मुख्यमन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै उभिएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । अहिले प्रदेशसभा बैठक सञ्चालन गर्न एमालेका सांसदहरुसँग छलफल भइरहेको छ ।

प्रदेश सरकारले बजेट ल्याएको २३ औँ दिनमा प्रदेशसभा बैठक बस्न लागेको हो । शनिबारको बैठकमा अर्थमन्त्री संजयकुमार यादवले प्रदेश सरकारको आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०८०र०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने र त्यसपछि पुनः अर्थमन्त्री यादवले प्रदेश सरकारको छलफलमा उठेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

प्रदेशसभा संसद सचिवालयका अनुसार अर्थमन्त्री यादवले विनियोजन विधेयक, २०८० सभामा प्रस्तुत गर्ने र मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसलाई पारित गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

सम्बन्धित

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu