ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीका पालिका बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे


एबीसी न्यूज
२४ असार २०८०, आइतबार   २ : ४८   बजे

काठमाडौं, २४ असार । कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिका बाढीको पूर्वतयारीमा जुटेका छन् । मनसुन भित्रिएसँगै बाढीजन्य विपद्को जोखिम बढ्नसक्ने भन्दै स्थानीय पालिका पूर्वतयारीमा जुटेका हुन् । कैलाली जिल्ला बाढीजन्य विपद्को जोखिममा रहेको जिल्ला हो । यहाँका जोखिममा रहेका पालिका टीकापुर, भजनी, जानकीलगायतका पालिका हरेक वर्ष आउने बाढीका कारण प्रभावित हुन्छन् । बाढीका कारण यहाँ हरेक वर्ष धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षा सुरु भएपछि प्रभावित क्षेत्रमा त्रास सुरु भएको छ । पालिकाहरूले बाढीजन्य विपद्को पूर्वतयारी तथा पूर्वकार्यका काम भइरहेका जनाएका छन् ।

यस वर्षको मनसुन भित्रिएसँगै टीकापुरले पूर्वतयारीका लागि सामान तयारी अवस्थामा राखेको छ । विपद्मा खोज तथा उद्धारका सामग्री तयारी अवस्थामा राखेको, प्रत्येक वडामा खोज तथा उद्धार र प्राथमिक उपचारका लागि स्वयंसेवकलाई तालिम दिएर जनशक्ति तयार गरेको टीकापुर नगरपालिकाका विपद् सम्पर्क व्यक्ति निर्मला चौधरीले बताउनुभयो । “हामीले विपद् जोखिम न्यूनीकरण गर्न र विपद्को सामाना गर्नका लागि समुदायलाई सचेत गराएका छौँ, हरेक समुदायमा स्वयंसेवक जनशक्ति तयार गरेका छौँ”, उहाँले भन्नुभयो, “हरेक समुदायमा खोज तथा उद्धार समिति गठन र सक्रिय छन् । हरेक समुदायमा खोज तथा उद्धारका सामग्री तयारी अवस्थामा छन् ।”

टीकापुरमा कर्णाली, पथरैया र मोहना नदीले प्रभाव पार्छ । टीकापुरमा वडा नं १, २, ३, ५, ६, ७, ८ र ९ वडा बाढीको जोखिममा पर्छन् । टीकापुरमा ५, ६ र ८ बढी प्रभावित हुने गरेका छन् । टीकापुरमा ११ वटा सुरक्षित उच्च आवास छन् । उच्च घरमा यस वर्ष पालिकाले पानी र सोलारको व्यवस्था गरेको छ । “विस्थापित भएमा मोबाइल चार्ज गर्न, उज्यालो बत्ती आवश्यक पर्ने भएकाले सोलार जडान गरेका छौँ”, उहाँले भन्नुभयो, “विपद्मा खाद्यान्नलगायतका सामग्री राख्न सुरक्षित अन्न भण्डारसमेत निर्माण भएको छ ।”

विपद् सम्पर्क व्यक्ति चौधरीका अनुसार बाढीको समयमै सूचना दिन पालिकाका तीन स्थानमा साइरन जडान, कर्णाली नदीमा गेज स्केल जडान गरिएको छ । टीकापुरले सामाजिक सुरक्षा भत्तालाई विपद्सँग समेत जोडेको छ । हरेक वर्ष विपद्जन्य घटनाबाट मुख्य प्रभावितका रूपमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा बालबालिका, सुत्केरी, गर्भवती प्रभावित हुने भएकाले सामाजिक सुरक्षा भत्तालाई विपद्सँग जोडेको हो ।

विपद्का समयमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा बालबालिका बढी प्रभावित हुने गरेको तथ्याङ्कमा देखिन्छ । टीकापुर नगरपालिका हरेक वर्ष बाढीजन्य विपद्बाट मुख्य गरी प्रभावित हुने गरेको छ ।

विपद्पछि राहत वितरण गर्दा सामाजिक सुरक्षा पाइरहेका लाभग्राहीलाई छनोट गर्न विगतका वर्षमा सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाले अनिवार्यरूपमा समुदाय तथा टोलको नाम र सम्पर्क नम्बर नभएकाले विपद्बाट प्रभावित लक्षित वर्गलाई समयमै मौसम पूर्वानुमानको सूचना तथा समयमै राहत वितरणमा कठिनाइ भएकाले भत्ता लाभग्राहीले नवीकरण गर्दा अद्यावधिक गरेको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख चेतबहादुर बोहराले बताउनुभयो ।

“पञ्जीकरण उपशाखाले समुदाय, टोल तथा सम्पर्क नम्बर अनिवार्य गरी अद्यावधिक गरिरहेको छ”, उहाँले भन्नुभयो, “यो तथ्याङ्कले विपद् प्रभावितलाई समयमा सूचना, राहत वितरणमा सहज हुनेछ ।” त्यस्तै जानकी गाउँपािलकाले पनि बाढीजन्य विपद्को सामाना गर्न पूर्वतयारी गरेको छ । गाउँपालिकाले पूर्वकार्यका काम गरेको छ । जानकीलाई कर्णाली र पथरैया नदीले प्रभाव पार्छ ।

जानकीमा वडा नं २, ३, ४, ६, ७ र ९ बाढीको उच्च जोखिममा छन् । बाढीको जोखिमबाट बच्न पालिकाले पालिकासँग भएका सामान पूर्वतयारी अवस्थामा राखेको विपद् सम्पर्क व्यक्ति नेत्रप्रसाद जैसी बताउनुहुन्छ । “जानकीमा चार उच्च भवन छन् । पालिकाले विपद् प्रतिकार्य योजनाअनुसार सबैलाई सक्रिय बनाएको छ”, उहाँले भन्नुभयो, “बर्खा लागेपछि हरेक वडामा नाला सरसफाइ, आवश्यक ठाउँमा ह्युमपाइप राख्ने, स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत नियमित सूचना दिनेलगायतका कार्य भइरहेका छन् ।”

बाढीले हरेक वर्ष सबैभन्दा बढी क्षति व्यर्होने भजनी नगरपालिका पनि पूवर्तयारीमा जुटेको छ । पालिकाले समुदायलाई जागरुक गराउन जनचेतनामूलक कार्यक्रम गर्ने, खोज तथा उद्धारका लागि सामग्री तयारी अवस्थामा राखेको भजनी नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विष्णुराज न्यौपानेले जानकारी दिनुभयो । “समुदायलाई सचेत गराउने कार्य नियमित भइरहेको छ”, उहाँले भन्नुभयो, “दुई महिनाअघि स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याएका छौँ ।”

कैलालीका बाढीको जोखिममा रहेका पालिका रहेक वर्ष बाढीले क्षति व्यहोर्दै आएकाले दीर्घकालीनरूपमा बाढीको समस्या समाधानका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने स्थानीयवासीको माग छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu