ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानीमा ‘मर्निङ वाक’ हिँडेका महिलाका सुनको सिक्री लुट्ने समूह पक्राउ


एबीसी न्यूज
२४ असार २०८०, आइतबार   ४ : १८   बजे

 

 

काठमाडौँ २४ असार । राजधानीमा ‘मर्निङ वाक’ हिँडेका महिलालाई टार्गेट गरेर श्रृङ्खलाबद्ध रुपमा सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न समूहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न समूहका ५ जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रामेछापका रविन दमाईं, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री, धनकुटाका राहुल माझी र भारतीय नागरिक श्रीकान्त माइती रहेका छन् ।

बउउथ ाष्शश
प्रहरीका अनुसार रविन दमाईं मर्निङ वाकमा हिँडेका महिलाले गलामा लगाएका सुनका सिक्री लुट्ने र विश्वकर्मा मोटरसाइकल चलाउने कार्यमा संलग्न व्यक्ति हुन् । यस्तै भारतीय नागरिक माइतीले लुटपाट गरेको सुन खरिद गरेका थिए भने अन्य दुई जना पनि सुन पगाल्नेदेखि अन्य भूमिकामा रहेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा मनोज केसीले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरुले न्यूरोडको जनसेवा मार्ग, चक्रपथको बंगलामुखी मन्दिर, सामाखुसीको कपुरधारा, टोखाको ग्राण्डी नजिकै र नागार्जुनको बुद्ध चोकबाट महिलाको सिक्री लुटेको खुलेको छ । यस्तै टोखाकै विष्णुमति पुल नजिकबाट पनि सिक्री लुटपाट भएको केसीले जानकारी दिए ।

उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको हो । दमाईं र विश्वकर्मा दुई जना मिलेर पहिला रेकी गर्ने र योजनाबद्ध रुपमा बाइक प्रयोग गरेर महिलालाई टार्गेट गरेर लुट्ने कार्यमा संलग्न रहेको खुलेको छ । उनीहरुले राजधानीका विभिन्न ८ स्थानमा यसरी लुटपाट गरेको खुलेको प्रहरीले जनाएको छ ।

सबै लुटपाट बिहान ५ देखि ६ बजेसम्मको बीचमा भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu